गोपीकृष्ण शर्माको ‘उमा’ शोककाव्य

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा भएको एक कार्यक्रममा साहित्यकार राजेश्वर देवकोटाले प्रा. गोपीकृष्ण शर्माको शोककाव्य ‘उमा’को विमोचन गर्नुभयो। ज्येष्ठ सुपुत्री उमाको स्वर्गारोहण भएको वार्षिकीको अवसर पारेर प्रकाशित गरिएको सो शोककाव्य अत्यन्त मर्मस्पर्शी र करुणा रसले ओतप्रोत भएको चर्चा गर्दै देवकोटाले छोरीको मृत्युको शोकमा लेखिएको यस्तो काव्य सम्भवतः नेपाली साहित्य जगतमा नवीनतम भएको कुरा पनि उल्लेख गर्नुभयो। नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष रोचक घिमिरे, प्रा. रामप्रसाद दाहाल, प्रा. माधव घिमिरे, यादव भट्टराई र काव्यकार गोपीकृष्ण शर्माले पनि बोल्नुभएको कार्यक्रममा  छन्दकविको रूपमा सुपरिचित डा. रामप्रसाद ज्ञवाली, देवी नेपाल, ठाकुर शर्मा, प्रभा भट्टराई र बुनू लामिछानेले विमोचित कृतिबाट केही पङ्क्तिहरू सस्वर वाचन गर्नुभएको थियो।

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा  भएको कार्यक्रममा  साहित्यकार गीता कार्कीले युवावयमै दिवङ्गत हुन पुगेकी एउटी असल शिक्षिका तथा साहित्यानुरागी मित्र उमाको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: