ज्योति भवनमा आगलागी

ज्योति समूहको कान्तिपथ स्थित कर्पोरेट अफिसमा लागेको आगो ५ दमकलको सहयोगले एक घन्टापछि नियन्त्रणमा आएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरीको आगो नियन्त्रण टोली परिचालन हुँदा ठूलो क्षति हुन पाएन। ‘आगो पहिलो तलामा रहेको नेपाल बैंकबाट सल्किएको थियो’, ज्यति समूहका निर्देशक सौरभ ज्योतिले फेसबुकमा लेखेका छन्- ‘सबै स्टाफ सुरक्षित छन् र काम फर्किंदै छन्।’
सौरभले आगो निभाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाली सेनाको फायर ब्रिगेड, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नेपाल रेडक्रसलाई धन्यवाद दिएका छन्।
प्रतिक्रिया दिनुहोस्: