भारतमा जीप दुर्घटना, नेपालीको मृत्यू

भारतमा जीप दर्घटनामा परी एक नेपालीको ज्यान गएको छ। रौतहट माधोपुर २ का ३६ बर्षीय नागेन्द्र साहको शुक्रबार साँझ भारतको सितामढीको ढेंग गाविसको सुपि प्रखण्डमा तीव्र गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटना हुँदा मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदा वाटोमै ज्यान गएको मृतकका भाइ श्रीनारायण साहले बताए।
रौतहटबाट काम विशेषले भारतको सीतामढी गएका उनको बि आर ३० ४७५२ नम्बरको भारतीय जीप दर्घटनामा परेका हुन्। मृतक साहको शव पोष्टमार्टमका लागि भारतको सीतामढी अस्पतालमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्: