काठमाडौँ आधा बन्द, आधा खुला

बुधबार बिहानबिहानै काठमाडौँको पुरानो बसपार्क र पुतलीसडकमा विद्यार्थीहरुले पेट्रोलको मूल्यवृद्धिविरुद्ध गाडी जलाए। मेरो आफ्नै मोटरसाइकलमा पनि पेट्रोल थिएन। घरछेउको पम्पमा पेट्रोल हालेँ र हिँडे काठमाडौंको बन्दको माहोल बुझ्न।

आज त बन्दको नाममा काठमाडौंबासीले शनिबारे छुट्टी मनाएको भान भयो मलाई। यातायातहरु
 चलेका थिए भने न्युरोड र टेकु एरिया पूरै बन्द थियो। कतै पेट्रोल पम्प बन्द थिए भने कतै पेट्रोल भर्न सवारीको लाम लागेको थियो।
जे होस्, आधा बन्द र आधा खुलेको काठमाडौंको रमाइलो अनुभव भयो आज उपत्यकामा।
प्रतिक्रिया दिनुहोस्: