पार्टी एकीकरणको सम्भावना छैन : अध्यक्ष वैद्य

इटहरी– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा माओवादीसँग पार्टी एकीकरण हुने कल्पनासम्म पनि गर्न नसकिने बताएका छन्।
इटहरीको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले एकीकृत नेकपा माओवादीका केही नेता कार्यकर्ताले पार्टी एकीकरण हुँदैछ भन्ने हल्ला नियोजित रुपमा फैलाएको अाराेप लगाए। नेकपा–माओवादी र एनेकपा माओवादी पार्टीबीचको कार्यदिशा नै फरक–फरक भएकाले पार्टी एकीकरणको त कुनै सम्भावना नै नभएको वैद्यले बताए। ‘हाम्रो पार्टीको मूल मर्म नै जनवादी क्रान्ति हो,’ उनले भने, ‘फरक विचार भएपछि पार्टी जुट्ने कुरा मित्थ्या हो।’
प्रतिक्रिया दिनुहोस्: