वैदेशिक रोजगार विभागका निर्देशकसहित नौ जना अख्तियारको हिरासतमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत कागजातका आधारमा अन्तिम श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभागका निर्देशक चिरन्जिवी अधिकारीसहित ९ जना कर्मचारीहरुलाई पक्राउ गरेको छ।

गत पुस २८ गते कतार गएका १०९ र माघ ३ गते दुबई गएका ६३ जनालाई विभागले गैरकानुनी ढंगबाट अन्तिम श्रम स्वीकृति दिएको आरोप छ। त्यसरी श्रम स्वीकृति दिई अनियमितता गरेको आरोपमाथि अनुसन्धान गर्न अख्तियारले उनीहरुलाई बुधबार हिरासतमा लिएको जनाएको छ।
वैदेशिक रोजगार विभागका निर्देशक चिरन्जीवी अधिकारी, शाखा अधिकृतहरु कुमारप्रसाद पोखरेल, गम्भीरसिंह बिष्ट, लवराज जोशी, बाबुलाल रेग्मी, नायब सुब्बाहरु भीमबहादुर बस्नेत र लक्ष्मी प्रसाद ढुंगाना, कम्प्युटर अपरेटरहरु संजीव नेपाल र सुशील शाक्यलाई अख्तियारले हिरासतमा लिएको हो।
प्रतिक्रिया दिनुहोस्: