चिकित्साशास्त्रका डिनद्वारा राजीनामा

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डिन डा. प्रकाश सायमीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । आईओएमका अनुसार यही पुस २ गतेबाट लागू हुने गरी उहाँले राजीनामा दिनुभएको हो । राजीनामा दिएपछि डा. सायमी बिदामा बस्नुभएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले गतवर्ष उहाँलाई ४ वर्षका लागि आईओएमको डिनमा नियुक्त गरेको थियो । आईओएमले मेडिकल कलेजका लागि नयाँ सम्बन्धन दिन नहुने आधारहरु अघि सारिरहेको अवस्थामा त्रिविले काठमाडौं नेसनल मेडिकल कलेज, मनमोहन मेडिकल कलेज, पिपुल्स डेन्टल एन्ड मेडिकल कलेज र पुलिसको मेडिकल कलेज गरी चार वटा मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाएको र त्यसका लागि डा. सायमीलाई दबाब आउन थालेपछि उहाँले राजीनामा दिन बाध्य हुनुभएको स्रोतको भनाइ छ । तर यो समाचार तयार पार्दासम्म उहाँको राजीनामा स्वीकृति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्: