ट्रकको ठक्करले दुई घाइते

काठमाडौं– महानगरपालिकाको फोहोर ओसार्ने ट्रकले मंगलबार बागबजारमा मिल्सबेरी किड्सवर्ल्डसको स्कुल भ्यानलाई ठक्कर दिँदा दुई घाइते भएका छन् । घाइते भ्यान चालक गुणराज सापकोटा र स्कुलकी शिक्षिका सुजिता गिरी उपचारपछि घर फर्किएका छन्।
बागबजारको खसीबजारबाट ९ जना विद्यार्थी लिएर वानेश्वर जान लागेको बा९च ५९६१ नम्बरको भ्यानलाई महानगरको बा१ख ८५०८ नम्बरको ट्रकले बिहान ९ बजे ठक्कर दिएको थियो।
चालक फरार रहे पनि ट्रकका मालिकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायब उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

Source : Nagariknews.com

प्रतिक्रिया दिनुहोस्: