पाकिस्तान, भारत र तालिवान विमानका बारेमा अनभिज्ञ

याँदिल्ली र पेसावर, पाकिस्तान, (एजेन्सी) बेपत्ता भएको १० दिनसम्म पनि फेला पर्न नसकेको मेलेसियाको जेट कहाँ छ ? भन्ने विषयमा पाकिस्तान, भारत र मध्य एसियाली मुलुकलगायत तालिवान लडाकूहरूले आफूलाई थाहा नभएको बताए। उडान एमएच ३७० को उक्त विमान खोजी कार्य तिनीहरूको क्षेत्रमा पनि विस्तार भएपछि उक्त प्रतिक्रियाहरू आएका हुन्। मलेसिया एयरलाइन्सको उडान एमएच ३७० गत मार्च ८ मा क्वालालम्पुरबाट बेइजिङका लागि उडान भरेको करिब एक घण्टामा २ यस ३९ यात्रुसहितको उक्त विमान लुप्त भएको हो। नुसन्धानकर्ताहरू अब उक्त विमान जानजान मार्ग परिवर्तन गरी हजारौं माइल पर पुगेको हुनसक्नेमा विश्वस्त हुन थालेका छन्।

मलेसियाले भारत र पाकिस्तानलगायत उत्तरी तथा दक्षिणी क्षेत्रका सबै मुलुकहरूमा जमिन, समुन्द्र र हवाई खोज गतिविधिको राडार तथा स्याटलाइट सूचनाहरू उपलब्ध गराउन अनुरोध गरिएको कुटनीतिक सुचना पठाइसकेको बताए। भारतको रक्षा अधिकारीहरूले घण्टौसम्म उसको देशको आकाशमा उडेको कुनै विमानको कुनै संकेतसम्म नहुने सम्भावनालाई अस्वीकार गरेको छ। ‘विमान भारतीय वायुक्षेत्रमा बिनाकुनै संकेत कयौं घण्टा उडेको सोच आफैंमा अनौठो हो’ नाम उल्लेख नगर्ने सर्तमा रक्षा मन्त्रालयका एक अधिकारीले बताए। आणविक प्रतिद्वन्द्वी पाकिस्तानसँग भारतको सीमा जोडिएकाले निगरानी अत्यन्त कडा हुने गरेकोले उक्त धारणा असम्भव भएको उनले बताए। गत महिना मात्रै एउटा अज्ञात वस्तु राडारमा देखिएपछि वायु सेनाले एक जोडी सुखोई लडाकू विमानले पछ्याउन लगाइएको थियो।‘यी बकवास समाचारहरू आधारहीन हुन्’ –उनले बताए। एक जना चालकलाई भारतको सबै राडार र निगरानी प्रणाली उसलाई फेला पार्न सक्षम हुन्छ भन्ने थाहा भएको उनले थपे।

यसैबीच पाकिस्तानी अधिकारीहरूले पनि उक्त विमान लुप्त भएपछिको अवधिमा उसको हवाई क्षेत्रमा कुनै संकास्पद वस्तु नदेखिएको जानकारी दिए। ‘हामीले त्यो अवधिको राडार रिकर्डिङलाई जाँच गरिसकेको छौं तर कुनै अज्ञात वस्तु उडिरहेको सकेत फेला परेको छैन। ‘नागरिक उड्डयन निकायले दिएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ। मध्य एसियाली मुलुकहरू कजाखस्तान र किर्गिजस्तानले पनि मार्च ८ मा कुनै अज्ञात विमानले उनीहरूको हवाई क्षेत्रमा प्रवेश गरेको नदेखिएको जानकारी दिएका छन्। उडानमा रहने कुनै पनि उपकरण ‘स्विच अफ‘ स्थितिमा पनि आवाज विहीन उडान असम्भव हुने कजाख नागरिक उड्डयन कमिटीले रोयटर्सलाई दिएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

खोज कार्य विस्तार गर्ने क्रममा केहीले विमान तालिवानको कब्जामा रहेको अफगानिस्तानसँगको जोडिएको पाकिस्तानको सीमानामा पर्ने दुर्गम पहाडी क्षेत्रमा पुगेको हुन सक्ने अनुमान गरेका छन्। अफगानिस्तानमा तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले बेपत्ता विमानका बारेमा उनीहरूको कुनै सरोकार नभएको बताए। तालिवानहरू अफगानिस्तानमा रहेका विदेसी सेनालाई धपाउन संघर्ष गरिरहेका छन्। यो अफगानिस्तानबाट बाहिर भएको र अत्यन्त अत्याधुनिक प्रविधिले सम्पन्न मुलुकहरूले समेत विमान कहाँ गयो भन्ने भेउ पाउन नसकेको उनले बताए। उक्त घटना बाहिरको भएकोले उनीहरूसँग त्यसको बारेमा कुनै जानकारी नभएको उनले थपे।

त्यसै गरि पाकिस्तानी सरकारसँग लडिरहेका पाकिस्तानी तालिवानका कमान्डरले कुनै छुट्टिएको समूहले मात्र त्यस्तो कार्य गर्ने सपना मात्र देख्न सक्ने बताए। यसअघि चर्चित सञ्चार हस्ती रूपर्ट मर्डकले ट्विटमा भनेका थिए– ‘हुन सक्छ विमान दुर्घटनाग्रस्त नभएर चोरी भएको हो र त्यसलाई कहिँ लुकाइएको छ। सायद उत्तरी पाकिस्तानमा, बिन लादेदनलाई जस्तै।’ अर्को एक अनुमानमा विमान चरमपन्थीहरूले चोरेर लगेको हुन सक्ने र उनीहरूले सेप्टेम्बर ११ को जस्तो हमला गर्ने योजना बनाएका भन्ने पनि छ। सबैलाई छलेर कुनै ठाउँमा अवतरण गर्नु र फेरि त्यसै गरि उडान भर्नु प्रायः असम्भव ठानिएको छ। तर यसलाई पूरै अस्वीकार गर्न नसकिने स्थिति पनि रहेको जनाइएको छ।

Source : newsofnepal.com

प्रतिक्रिया दिनुहोस्: