माथिल्लो ‘बलेफी ए’ निर्माण सुरु

सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा पर्ने ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ ।
सो आयोजना चिनियाँ कम्पनी वानिङ डेभलपमेन्ट प्रालि र शिवाश्री हाइड्रो प्रालिको संयुक्त लगानी रु सात अर्बमा निर्माण सुरु भएको प्रबन्ध निर्देशक उमेश कसजुले बताए ।

विदेशी लगानी भएकाले उद्योग विभागले स्वीकृति दिनुपर्ने नीति रहेकाले त्यसका लागि प्रक्रिया चलिरहेको र पिपिएका लागि पनि कार्य अगाडि बढिरहेको प्रबन्ध निर्देशक कसजुले जानकारी दिए ।

सन् २०१७ सम्ममा सम्पन्न हुने सो आयोजनाको उत्पादन क्षमता वाषिर्क २१३ गिगावाट घण्टा रहेको छ ।
गोल्चे गाविस र गुम्बा गाविसको बीचमा पर्ने लिदीमा बाँध बाँधी चार किलोमिटर सुरुङ मार्गद्वारा गोल्चेको बैकुण्ठेमा निर्माण हुने विद्युत्गृहमा पानी खसालिने छ ।

आयोजनास्थलबाट २० किमी प्रसारण लाइन निर्माण गरी लामोसाँघुस्थित सबस्टेसनमार्फत केन्द्रीय प्रसारणमा जोडिने छ ।

– रासस

प्रतिक्रिया दिनुहोस्: