किसानले बाध्य भएर बगान मास्न थाले

बिर्तामोड । हरियो पत्तीको उचित मुल्य नपाएका झापाका साना किसानले चियाको बोट मास्न थालेका छन् । उद्योगीले बिभिन्न बहाना गर्दै हरियो पत्तीको लागत मुल्य समेत दिन छोडेपछी किसानले बाध्य भएर बगान मास्न थालेको बताएका छन् ।

झापाली साना चिया किसान सगठनसंग आवद्व किसानहरुले आफ्नो बारीमा लगाएको चियाबाट लागत मुल्य समेत नपाएको बताएका छन् । चिया उद्योगीले यो वा त्यो बहानामा किसानलाई हरियो पत्तीको मुल्यमा ठगी गरिरहेकाले बाध्य भएर चियाको बोट मास्न थालेको एकजना साना किसान श्रीप्रसाद मैनालीले बताए । हरियो पत्तीको उचित मूल्यको विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदा समेत चिया उद्योगी र सरकार निरीह रहेको भन्दै किसानले चिया बगान मासेर पुरानै खेतीमा फर्कन शुरु गरेका हुन् । मैनालीले ५ बिगाहामा लगाएको चिया खेती मासेर धान लगाउन शुरु गरेका छन् ।

हरियो पत्तीको उचित मुल्य निर्धारणको माग गर्दै लामो समयदेखी साना किसानले आन्दोलन गर्दै आएका छन् । यो बर्ष पनि एकमहिनाको आन्दोलनपछि मन्त्रालयको समन्वयमा गत जेठ तेस्रो साता उद्योगीले भारतीय बजारलाई आधार मानेर हरियो चिया पत्तीको मुल्य तय गर्न सहमत भएका थिए । तर, सहमती लगत्तै उद्योगीले ग्रेडिङको नाममा ठगी गरिरहेको आरोप किसानले लगाएका छन् ।

किसानले एक केजी हरियो पत्तीमा ५ रुपैयाँ घाटामा बिक्री गर्दै आएको बताएका छन् । घाटामा दिइनुपर्ने बाध्यताबाट मुक्त हुन किसानले बगान नै फाँडेर धान खेती र पशुपालन फर्मतिर लागेको मंलबार जलथलमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको छ । एक किलो हरियो पत्ती उत्पादन गर्न मल, किटनाशक औषधि र मजदूर लगायतका विषयमा प्रतिकिलो १२ देखि १५ रुपैयाँ खर्च हुन आउछ । तर, उद्योगीले प्रतिकिलो ९ देखी १० रुपैयाँ दिइदै आएको किसानको भनाई छ । खर्च नै नउँठ्ने भएपछि व्यवसाय नै परिवर्तन गर्न लागेका हौ, जलथलका साना मैनालीले भने ‘सरकारको कमजोर नीतिका कारण चिया किसान बाध्य भएर कृषि व्यवसाय नै परिर्वतन गर्न लागेको हो ।’ ५ विगाह जग्गामा रहेको चिया बगान फडानी गरी हाल घन्सी छरेको र धान लगाउने तयारी गरेको मैनालीको भनाई छ । चियामा अत्यावश्यक पर्ने मल खरिद गर्न जादा चिया किसानका लागि १ बोरामात्रै पाइन्छ । एउटा लालपुर्जा बराबर १ बोरा मल मात्रै पाइने भएकाले पनि समस्या भएकोे मैनालीको भनाई छ । उनका अनुसार २० परिवारले अहिलेसम्म १० प्रतिशत चिया बगान फडानी गरेका छन् ।

झापामा दुई हजारबढी चिया किसान रहेका छन् । चिया किसान र चिया उद्योगीबीच केहीदिन अघि भएको सहमतिमा उद्योगीले ग्रेडिङको नाममा ठगी गर्न थालेपछि उक्त निर्णय लिएको शिवकुमार ओलीको भनाई छ । उनका अनुसार चिया किसानलाई सरकारले कुनैपनि विषयमा सुविधा नदिएले चिया फडानीको बिकल्प नदेखको हो ।
सरकारले किसानले उठाएका मागका विषयमा चालू आर्थिक वर्षभित्र सुनुवाई नगरे सबै चिया बगान फाड्ने योजनामा रहेको इश्वरी दाहालले बताए । उनका अनुसार चालू आर्थिक बर्षभित्र माग पुरा गरे बगानलाई सञ्चालन गर्ने नगरे सबै फडाँनी गर्ने अवस्थामा साना किसान रहेको छन् । उद्योगीको आश्वसनमा परेर १८ वर्षअघि धान खेती मासेर चिया बगान लगाएका जलथलका सरोज बिमलीको भनाई छ । उनले १० विगाहा जग्गामा लगाएको चिया बगानमध्ये ३ विगाहको बगान फडानी गरिसकेको बताए । नेपालको चिया भारतको बजारभाउमा भरपर्नुपर्ने अवस्था, मल, किटानाशक औषधिलयागतका विषयमा सरकारले सुविधा नदिनुले पनि किसान मारमा परेको उनीहरुको भनाई छ । यसबाट झापाका ३७ वटा उद्योग र उद्योगमा कार्यरत हजारौ मजदुरलाई प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ ।

बिर्तामोड(ब्लाष्ट) कृषि विकास बैंकले आफ्नो नाम कालोसूचीमा राखेकोप्रति साना चिया किसानले आपति जनाएका छन् । कृषि विकास बैंकबाट साना किसानले लिएको ऋणको सावा बुझाए व्याज मिनाह गर्ने तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेको घोषणापछि सावा बुझाएका साना किसानको नाम कालोसूचिमा नहटाएकोमा किसानले आपति जनाएका हुन् ।

उनीहरुले साँवा बुझाउँनेलाई व्याज मिनाह गर्र्नेे तत्कालिन सरकारका अर्थमन्त्री पाण्डेको घोषणा आश्वासन कार्यान्वयन नभएकोप्रति आपत्ती जनाएका छन् । ‘हामीलाई थाहा नै थिएन, जलथलका चिया किसान युवराज ओलीले भने–‘कारोबार गर्न बैंक पुग्दा बैंक कर्मचारीले तपाइको नाम कालोसूचीमा छ, कारोबार गर्न पाइदैन भनेपछि मात्रै थाहा भयो ।’ व्याज र सावाँ नियमित तिर्देै आएका थियौं । ऋण मिनाह नहुने भनेपछि एकमुष्ट सावाँ ति¥र्यौ । आज कालोसूचीमा नाम आयो । जलथलमा आयोजित पत्रकार भेटमा ओलीले भने–‘कुनै गल्ती नगरीकन कालोसूचीमा नाम राख्ने सरकारले अब हरियो पत्तीको उचित मूल्य दिन्छ भन्ने आश निराशमा बदलिएपछि ५ कठ्ठा जग्गामा पशुपालन व्यवसाय गर्ने योजनामा छु ।’

कृषि विकास बैंकका नाम कालोसूचीमा परेपछि झापाको विर्तामाडस्थित क्लिन इर्नजी बैंकले ओलीको धरौटीको आधारमा निर्माणको आधारमा ऋण दिन इच्छुक भएको थियो । ६७ लाख माग गरिएकोमध्ये २३ प्रतिशत ऋण दिइसकेको बैंकले अरु ऋण नदिदा भौतिक निर्माण अलपत्र परेको उनको भनाई छ । चिया बगान फँडानी गरिसकेका ओलीले बैंकको लगानीकै आँटमा १ सय गाई, बंगुर, खसी, कुखुरा, माछा पालन गर्ने योजना बनाएका थिए । कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न जलथल–५ मा लाइभ स्टक फाम प्रा.लि.निर्माण शुरु गरेको उनले बताए । लगभग १ करोडको काम भइसकेको छ, ओलीले भने–‘बैंकले कबुल गरेको ऋण नदिने हो भने विस्थापित हुन्छु ।’ सरकारको वेवस्ताका कारण चिया बगानबाट हात धोएँ, अब बैंकले पनि आलटाल गरे यो क्षेत्रबाटै विस्थापित हुने अवस्थामा छु । आफूले ऋण कबोलेको मितिदेखि नै साँवा र व्याज तिर्दै आएकोसमेत ओलीको भनाई छ ।

बिर्तामोड(ब्लाष्ट) झापामा सञ्चालित कतिपय विद्यालय अझैपनि अनुमती नलिइ सञ्चालन गरिरहेको गुनासो बढेसंगै जिल्ला शिक्षा कार्यालय झापाले मंगलबारदेखी अनुगमन शुरु गरेको छ ।

राज्यले अवलम्वन गरेको निती अनुरुप विद्यालय सञ्चालन गरिनु पर्नेमा नियमको धज्जी उडाउदै केही त्यस्ता व्यक्तिले विद्यालय सञ्चालनको अनुमति नै नलिई कक्षा सञ्चालन गरिहेको र अनुमति लिएकाले पनि अनुमति लिइएको भन्दा बढी कक्षासम्म पठनपाठन गराउदै आएको गुनासो बढेसंगै विद्यालयको अनुगमन शुरु गरिएको जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद रेग्मीले बताए ।

यसै क्रममा जिल्ला शिक्षा कार्यालय झापा सहित प्याव्सन झापा ,संस्थागत विद्यालय अभिभावक सघ, नेपाल पत्रकार महासंघ झापा सहितको टोलीले झापाको धरमपुर – ३ स्थित पारावारीमा रहेको झापा मोडल इङ्लिस स्कूलको अनुगमन गरेको छ । अनुगमनका क्रममा झापा मोडल यस अघि घैलाडुव्वामा सञ्चालनमा रहेको र स्थानान्तरण नगरी धरमपुर स्थित पारावारीमा सञ्चालन गरेको पाइएको उनले बताए । यता अनुगमनका लागि पुगेको टोली मध्येका सस्थागत अभिभावक संघका अध्यक्ष मोहन सिवाकोटीले शिक्षा क्षेत्र राज्यको निती अनुरुप नै चल्नु पर्ने बताउदै अविलम्व विद्यालयलाई कानुनी प्रक्रियामा लानु पर्ने बताएका थिए ।
त्यस्तै शिक्षा समिति सदस्य विरेन्द्रकुमार गुप्ताले मापदण्ड नपुगी सञ्चालन गरिएका विद्यालय झापा मोडल मात्र हैन जिल्लाका सबै वन्द गर्न शिक्षा समिति पछि नहट्ने बताए । यता प्याव्सन झापाका अध्यक्ष मिलनकुमार ढुङ्गानाले निती विपरित सञ्चालित सबै विद्यालयको पहिचान गरी त्यस्ता विद्यालयलाई कारवाही गर्दै विद्यार्थीको सुरक्षित रुपमा पढ्न पाउने बातावरण सृजना गर्न सबैसंग आग्रह गरेका थिए । अनुगमनका क्रममा जिल्ला शिक्षा कार्यालय झापाका उपसचिवद्वय उद्दव विष्ट र युवराज पाण्डे, प्याव्सन झापाका पूर्व अध्यक्ष नारायण घिमिरे,विद्यालय निरीक्षक सुरेन्द्र दाहाल श्रोत व्यक्ति सूर्य सापकोटा,प्याव्सन झापाका क्षेत्रीय संयोजक रामहरी घिमिरे लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: