जिविकोपार्जनलाई बेमौसमी तरकारी खेती

शान्तिनगर, झापा÷ १० बर्ष अघि झापा मेचीनगरकी टेकेन्द्रमाया पौडेललाई आफ्नो परिवारको गर्जाे कसरी टार्ने भन्ने चिन्ता थियो । सिमित स्रोत साधन असिमित आवश्यकता, त्यसमाथी ठुलो परिवार । अभाव नै अभावको दैनिकी । गर्जाे टार्न सधै छटपटिनुपर्ने पौडेल परिवाtomatoes 1रले धेरै उपाय अपनाउदा समेत जिवन यापनको भरपर्दाे बिकल्प पाएको थिएन ।

जिविकोपार्जनको खोजीमा रहेको पौडेल परिवार झापाको शान्तिनगर ६ मा २०६१ सालमा बसाँई सर्यो । १० कठ्ठा जग्गा किनेर बेमौसमी तरकारी खेती शुरु गरेकी टेकेन्द्रमायाले अहिलेसम्म नसोचेको प्रगती गरेको बताइन । उनले शान्तिनगरमै ३० लाखको लागतमा १ तल्ले पक्की घर बनाएकी छन् । गतबर्षमात्र पौडेल परिवारले १ विगाहा जग्गा थप गर्न सफल भएको छ । उनका ६ जना छोराछोरी झापाका महंगा निजी बिद्यालयमा अध्ययन गर्ने गर्दछन् । बिगत सम्झदै उनले भनिन्–‘यता आएका थिएनौ भने शायद म पुलीसको गाली खाँदै पोका बोकेर वारीपारी गरिरहेको हुन्थे होला ।’ उनले व्यवसाय परिबर्तन प्रगतीको खुटकिलो भएको बताइन् । उनको परिवारका सबै सदस्य दिनभरी बारीमा भेटिन्छन् । उनले भनिन्– ‘सबै खर्च कटाएर बर्षमा १० देखी १५ लाख रुपैया बचत हुदै आएको छ ।’

उनको मात्र होइन शान्तिनगरका प्राय सबै कृषकको जिविकोपार्जनलाई बेमौसमी तरकारी खेतीले सहज बनाएको छ । बेमौसमी तरकारी खेतीकै कारण धेरै किसानको जिबनस्तर कुनै शहरियाको भन्दा कम देखिन्न । शान्तिनगरका किसानले तरकारी खेतीबाट उल्लेख्य लाभ लिन थालेपछि बाहिरबाट गएर सो स्थानमा खेती गर्नेको संख्या पनि बढेको स्थानीय अगुवा कृषक मात्रिका पौडेल बताउछन् । बिषेश गरी शान्तिनगरको वडा नम्बर २, ६ र ८ मा तरकारीको मात्र खेती हुने गर्दछ । त्यहाँका किसानको आयस्रोत भनेकै तरकारी उत्पादन गरी नजिकको बजारमा लगेर बिक्रिबितरण गर्नु हो । शान्तिनगरका किसानले तरकारी उत्पादन गर्न थालेको लगभग १५ बर्ष भयो । तरकारी उत्पादन गर्न थालेपछि आर्थिक रुपले गाँउको मुहार नै फेरिएको स्थानीयको अनुभव छ । २ विगाहामा खेती गर्नेले बार्षिक ५० लाखसम्म आम्दानी गर्ने गरेको कृषकको भनाइ छ ।

जिल्ला कृषी बिकास कार्यालय झापाको सहयोगमा १५ बर्षअघि नजिकै रहेको टिमाइ खोलाबाट पानी ल्याएर सिंचाइ गर्न थालेपछि सो क्षेत्रमा व्यवसायिक तरकारी उत्पादन शुरु भएको हो । अहिले त्यहाँका सबै किसानको प्रमुख पेशा तरकारी उत्पादन गर्नु रहेको छ । किसानले गोलभेडा, सिमि, स्क्वास फर्सी, खुर्सानी, बन्दाकोपी लगायतका तरकारी बाह्ैमास उत्पादन गर्दै आएका छन् । त्यहाँका हरेक किसानले २ बिगाहा सम्म क्षेत्रफलमा बेमौसमी तरकारी खेती गर्दै आएका छन् ।

किसानले जिल्ला कृषी बिकास कार्यालयले आवश्यक सहयोग नगरेको गुनासो गरेका छन् । ‘एक बर्षदेखी हामीले कृषी कार्यालयका कुनै कर्मचारी देखेका छैनौ, स्थानीय कृषक पवित्रा आचार्यले भनिन्–‘१० बर्ष अघि सिचाई गर्न दिएको पाइप मात्र हामीसंग छ ।’ उनले यो बर्ष कृषी कार्यालयले सिंगै गाविसका लागि ५ बोरा अग्र्यानिक मल दिएको बताइन् । मल थोरै भएकाले बितरण नगरिएकाले त्यो बारीमै सड्ने अवस्थामा पुगेको उनले बताइन् । जिल्ला कृषी कार्यालयले किसानका लागि सबैखाले प्रविधिक तालिम प्रदान गर्नुपर्ने हुन्छ । तर, शान्तिनगरका किसानको गुनासोसंग कृषी कार्यालय भने बेखबर छ ।

शान्तिनगरमा व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेपछि सहकारी संस्था स्थापनाको होडबाजी नै चलेको छ । अहिले सो गाविसमा मात्र १७ वटा कृषक समुह र कृषी सम्बन्धी सहकारी संस्था स्थापना भइसकेका छन् । ५३ जना कृषक संगठित भएको नमुना तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाका सचिव मात्रिका निरौलाले सहकारीले कृषकलाई आवश्यक ऋण प्रदान गर्दै आएको बताए । सहकारी संस्थाले तालिम तथा मल बिउ बितरण गर्नुपर्नेमा हालसम्म त्यसो गर्न नसकिएको उनले बताए । उनले कृषकलाई आवश्यक तालिम प्रदान गर्न जिल्ला कृषी कार्यालयमा अनुरोध गरेको भएपनि सुनुवाइ नभएको गुनासो गरे ।

शान्तिनगरमा बार्षिक दशौं करोडको तरकारी उत्पादन हुदै आएको छ । भारतिय उत्पादनले ठुलो बजार हिस्सा ओगटेको यो समयमा पर्याप्त मात्रामा स्वदेशी तरकारी उत्पादन गर्नसके बिदेशिने रकम आफ्नै देशमा रोक्न सकिने बताइएको छ । धेरै किसानले पानी अभावका कारण तरकारी खेती घटाउदै लगेका छन् । कृषी कार्यालयले १५ बर्ष अगाडि दिएको सानो पाइपको भरमा ल्याएको पानीले सिंचाइ गर्न नपुगेपछि कृषकले थोरै बारीमा तरकारी खेती गर्न थालेका हुन् । केही किसानले तरकारी फल्ने बारीमा पानी लाउनु नपर्ने भएकाले सुपारी लगाउन थालेका छन् । उनीहरुले सिंचाईको व्यवस्था भए तरकारी खेतीनै गर्ने समेत बताएका छन् ।

अर्काेतिर अत्याधिक बिषादीको प्रयोगले जनस्वास्थ्यमा असर पुग्न सक्ने भएपछि कृषकको तरकारी खेतीप्रती आकर्षण घटेको छ । सचिब निरौलाले भने–‘ बिषादी प्रयोगले होला शायद हामीमा शरिर चिलाउने, बिबिरा आउने जस्ता समस्या देखिएको छ, त्यसैले अब खेती कम गर्नुपर्ने अवस्था आएको छ ।’ बिषादी प्रयोग सम्बन्धी कुनै तालिम पाउन सके तरकारी खेती निरन्तर गर्न सकिने उनले बताए ।

झापा जिल्लाको शान्तिनगर, बुधबारे, बाहुण्डाँगी र सुरुङ्गामा मुख्यरुपमा व्यवसायिक तरकारी खेती हुने गरेको छ । जिल्ला कृषी बिकास कार्यालय झापाले बिषादी प्रयोग सम्बन्धी अभिमुखिकरण तालिम दिने दायित्व आफ्नै भएपनि सिमित श्रोत र साधनका कारण त्यस्ता किसिमको तालिम सञ्चालन गर्न नसकिएको प्रतिक्रिया दिएको छ । उसले हरेक बर्ष उत्कृष्ठ कृषक समुहलाई पुरस्कृत गर्दै आएको भएपनि तालिम दिन भने सकेको जनाएको छ । कृषी कार्यालयले हालसम्म कृषी प्रदर्शनी, भ्रमण र गोष्ठीमै कार्यालयको श्रोत सिमित भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: