बार्षिक एक अर्ब १५ करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरको माछा÷मासु खपत

विर्तामोड । झापामा बार्षिक एक अर्ब १५ करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरको माछा÷मासु खपत हुने गरेको छ । जिल्लाका विभिन्न बजारमा खसी, राँगा, कुखुरा, बंगुर, हाँस र परेवाको ३४ लाख १० हजार ७ सय ५८ किलो मासु खपत हुँदै आएको छ । यसको कूल मूल्य १ अर्व १४ करोड ७२ लाख ४ हजार ९ सय ५० रुपैयाँ हुन आउँछ ।
झाामा प्रतिव्यक्तिले वार्षिक १ हजार ४ सय १२ रुपैयाँ माछा÷मासुमा खर्च गर्ने गरेका छन् । झापाको कुल जनसख्या ८ लाख ६४ हजारलाई भाग लगाउँदा प्रतिब्यतिm ४ केजी २ सय ग्राम मासु भागमा पर्न आउँछ । जिल्ला पशु सेवा कार्यालय भद्रपुरका अनुसार गएको आर्थिक बर्षमा ४ लाख १० हजार १ सय २९ केजी खसीको मासु खपत भएको थियो । अहिलेको बजार मूल्य अनुसार प्रतिकेजी खसीको मासुलाई ५ सय ५० देखि ६ सय रुपैयाँका दरले एक बर्षमा २२ करोड ५५ लाख ७० हजार ९ सय ५० रुपैयाँ पर्न आउँछ ।
त्यस्तै राँगाको कुल ३ लाख ७६ हजार २ सय ९२ केजी मासुको ३ सयका दरले ११ करोड २८ लाख ८७ हजार ६ सय रुपैयाँ पर्न जान्छ । कुखुरा बार्षिक ५ लाख २३ हजार ४ सय ४४ केजी खपत हुने गरेको छ । प्रतिकेजी २ सय ५० रुपैयाँले १३ करोड ८ लाख ६१ हजार कुखुराको मासुमा खर्च हुन्छ । लोकल कुखुरा प्रतिकेजी ६ सय रुपैयाँमा बिक्री हुदै आएको छ ।

यसैगरी झापामा बार्षिक ३ लाख १ हजार १ सय ९३ केजी बंगुरको मासु खपत हँुदै आएको छ । यसको बजार मूल्य अनुसार प्रतिकेजी २ सय ५० रुपैयाँले ९ करोड ५ लाख ६७ हजार ९ सय रुपैयाँ हुन आउँछ । हाँस बार्षिक ११ हजार केजीको प्रतिकिलो ५ सयले ५५ लाख रुपैयाँ हुन आउँछ । यस्तै बार्षिक ६ हजार केजी परेवा उत्पादन हुने अनुमान गरिएको छ । जसको प्रतिकेजी १ हजारले ६० लाख रुपैयाँ हुन आउँछ ।

झापामा बार्षिक १७ लाख ८२ हजार केजी माछा खपत हुने जिल्ला कृषि बिकास कार्यालय भद्रपुरले गरेको अध्ययनले देखाएको छ । कुल खपतको ४६ प्रतिशत स्वदेशी उत्पादन हो भने ५४ प्रतिशत भारतबाट आयात हुने जिल्ला कृषि बिकास कार्यालयका माछा बिशेषज्ञ डाक्टर भूपनारायण मण्डलले बताए । जिल्लामा ८ लाख २४ हजार ३ सय ५० केजी माछा उत्पादन हुने बिर्तामोडका माछा बिक्रेता सनीलाल साहले बताए । जिल्लामा सरदर ३ सय ५० रुपैयाँले २८ करोड ८५ लाख २२ हजार ५ सय रुपैयाँ बराबरको माछा झापामा उत्पादन हुने गरेको छ भने भारतबाट गएको बर्ष ९ लाख ६ सय ५० केजी माछा आयात भएको देखिन्छ । भारतबाट आयातीत माछा प्रतिकेजी २ सय ५० देखि ३ सय ५० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । जसको सरदर मूल्य ३ सयले झापाका लागि २८ करोड ७२ लाख ९५ हजार ६ सय ५० रुपैयाँ भारतीय माछा खपत हुने गरेको छ ।
जिल्लामा २ सय ९१ हेक्टरमा माछा पालन हुँदै आएको छ । १३ सय ८० वटा पोखरीमा ८ सय १९ प्रकारका माछाको ब्यवसायिक रुपमा पालिंदै गर्दै आएको बिकास अधिकृत मण्डलले बताए । कृषि बिकास कार्यालयले माछा उत्पादनका लागि भुरा बितरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । कुखु्राको ठुलो हिस्सा झापामै उत्पादन भएपनि भारतबाट समेत आउने गरेको छ । त्यस्तै हाँस, परेवा, खसी पनि भारतबाट आउने ब्यवसायी बताउँछन् । भन्सार छलेर वा कम देखाएर आयात हुने भएकाले माछा÷मासुजन्य बस्तुको परिमाण अझै ठुलो हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्: