सम्झौताबमोजिमनिर्माण नगर्ने दुइवटा निर्माण कम्पनीलाई कालो सूचीमा

बिर्तामोड । सार्वजनिकखरिद अनुगमनकार्यालयले सम्झौताबमोजिमनिर्माण नगर्ने दुइवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेर कारवाहीप्रक्रिया अघि बढाएको छ ।
कार्यालयले ठेक्का सम्झौताबमोजिमनिर्माण नगर्ने सुर्य एण्ड सन्स प्रालितथापुष्पाञ्जली कन्स्ट्रक्सन प्रालीलाई ठेक्कापट्टातोडी कालो सूचीमा राख्ने कारवाहीप्रक्रिया अघी बढाएको हो । पुष्पाञ्जलीले झापाको दमकमामावाखोला ढुङ्गेपैनी सिंचाई सेक्टर आयोजनातथा सुर्य एण्ड सन्स र पुष्पाञ्जलीनिर्माण सेवा जेभीले साधुटार सिस्ने नेते सिंचाई सेक्टर आयोजनानिर्माण गर्न ठेक्का लिएका थिए ।

पुष्पाञ्जलीनिर्माण सेवाले २०६९ सालअसारमाझापाको दमकमा रहेको ढुङ्गेपैनी सिंचाई सेक्टर आयोजना सम्पन्नगर्न एक करोड १८ लाख४५ हजारमा ठेक्कापाएको थियो ।२०७० भाद्रमा सक्नुपर्ने आयोजना माघ सम्मको लागि ६ महिनाम्यादथपिएको पुर्वाञ्चल सिंचाईविकास डिभिजन न. १ काप्रमुख कुञ्जनभक्तश्रेष्ठले बताए । तोकिएको समयभित्र सक्नुपर्ने आयोजनाम्यादथपगर्दासमेत नसकेपछि कारवाहीकालागि पठाइएको उनले बताए ।

पुष्पाञ्जलीले सो समयभित्र ६१ लाख ६६ हजार रुपैंया बराबरको काम सम्पन्न गरेको जानकारी उनले दिए । यसैगरीकम्पनिले५६ लाख७९ हजार रुपैंयाबराबरको निर्माण कार्य बाँकी रहेको कार्यालयले जनाएको छ । कार्यालयले मोविलाइजेसन पेश्कीबापतको १० लाख १३ हजार ७ सय १० रुपैंयां र फर्मको धरौटी, बैंक जमानत समेत जोडेर लाग्ने २५प्रतिशतजरिवानामध्ये अपुगहुने रकम ५ लाख ६७हजार असुलगर्ने प्रक्रिया समेत शुरु गरेकोजानकारी श्रेष्ठले दिए ।

यसैगरी पुष्पाञ्जलीनिर्माण सेवा र सुर्य एण्ड सन्स जेभीले २०६८ पुषमानिर्माण शुरु गर्न एक करोड ४४ लाख ८८ हजारमा ठेक्कालिएको साधुटार नेते सिस्ने सिंचाइआयोजनातोकिएको समयमा सम्पन्नहुननसकेपछि सो कम्पनिलाई समेत ठेक्कापट्टा तोडी कालोसूचीमा राखेर कारवाहीप्रक्रिया अघि बढाउन पत्राचार गरिएको ंिसचाइ डिभिजन कार्यालयका सुचनाअधिकारी यादव बरालले जानकारी दिएका छन् । सम्झौताअनुसार उक्तआयोजना २०६९ चैत्रमा सम्पन्नगर्नुपर्ने थियो । २०७० फागून१६ सम्मको म्यादथप गरेको भएपनिनगरेपछि कारवाहीकालागिसार्वजनिकखरिद अनुगमनकार्यालयमापत्राचार गरिएको उनले बताए ।

कम्पनीले यो योजनामा ८२ लाख रुपैंयाको काम सम्पन्न गरेको जनाइएको छ । ६२ लाखको कामगर्न बाँकी रहेपछि कम्पनि सम्पर्कमानआएको श्रेष्ठले बताए । कम्पनिसँगमोविलाइजेसन पेस्कीबापतको १० लाख ५७हजार रुपैंया, २५ प्तिशत जरिवानाबापतको धरौटी र बैंक जमानत कटाएर अपुग रकम ४ लाख७७हजार असुलगर्ने प्रक्रिया शुरु गरिएको जानकारी उनले दिए ।कम्पनिले कामगर्न छोडेपछि सिंचाई गर्ने आशामा बसेका त्यस क्षेत्रकाकिसाननिराशबनेका छन ।
सिंचाई कार्यालयले कालो सूचीमा राखेर कारवाहीगर्न सम्बन्धितकार्यालयलाई पत्राचर गरिसकेको छ । सार्वजनिकखरिद कार्यालयले कालो सूचीमा राखेर निश्चितअवधीसम्मकुनै ढपनि बिकास निर्माणका काममा टेण्डर हाल्ननपाउने गरी कारवाहीगर्ने कानूनीप्राबधान छ । सुर्य एण्ड सन्स भद्रपुरको बहुप्रतिक्षित मेचीपुलनिर्माण गरिरहेको कम्पनि हो ।

सार्वजनिक खरिद नियमावली २०६४ (तेश्रो संशोधन) कोनियम ११३ (१) मा”आपुर्तिकर्ता, निर्माण ब्यवसायीवा सेवाप्रदायकलाई सो नियम र बोलपत्र सम्बन्धी कागजात तथा खरिद संम्झौतामा व्यवस्था भए बमोजिम पेश्कीदिन सकिने छ” र नियम ११३ (२) मा यो पेश्की सम्झौताअङ्कको बढिमा बीस प्रतिशतभन्दा बढि हुने गरि दिनु हुदैन भन्ने उल्लेख भएको ले यो ”दिनसकिने छ”भन्ने प्रावधान बाध्यकारी नभएको र सारा समस्याको जड यो पेश्की रहेको बिज्ञहरु बताउछन । नेपाल सरकारका मुख्य सचिवश्री लिलामणि पौडेल ले निर्माणमा पेस्की नदिन आवाज उठाउदै आएका छन । बिगतको समस्यालाई सुधार गर्दै झापाको सिंचाइ डिभिजन कार्यालय हालै २ वटा ठूला योजनाहरुमा पेश्की नदिने गरि सम्झौता गरि निर्माणको काम अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: