५ लाखबढी ऋण लिएर फरार

बिर्तामोड । झापाको मेचीनगर–५ मा सञ्चालित उपकार बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी शिला कोइरालाले सदस्यलाई दिएको ऋण रकम लिएर फरार भएकी छन् । मेचीनगर–४ मा रहेको कञ्चनजंघा समूहका १२ जनालाई दिएको करिव ५ लाखबढी ऋण लिएर फरार भएको पीडितले शुक्रबार पत्रकार सम्मेलन जानकारी दिएका छन्
समूहबाट बचत र ऋणको कारोबार गर्ने कर्मचारी कोइरालाले आफूले संस्थाबाट निकालेको ऋण आफूले तीर्ने भन्दै मौखिक सहमतिमा लिइदै आएका थिए । कोइरालाले साप्ताहिक एवं मासिक रुपमा तिर्ने व्याजसहितको ऋण रकम नतिरेपछि संस्थाले सदस्यलाई तागेता गर्दा उक्त कुरा सार्वजनिक भएको हो । ‘संस्थाका सदस्यले ऋण किन नतिरेको भन्ने मौखिक जानकारी आएपछि मात्रै थाहा पायौं’ पिडित टीका बानियाँले पत्रकार सम्मेलनमा भने–‘हामीले थाहा पाएको पत्तो पाएपछि कोइराला फरार छन् ।’
उनको बारेमा संस्थामा जानकारी गराउँदा संस्थाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ्ग र व्यवस्थापक जगत तामाङ्गले थाहा नभएको उत्तर दिइदै आएको वानियाँको गुनासो छ । उनले केही महिनाअघि व्यापारिक प्रयोजनका लागि ५० हजार निकाल्नु पर्ने कलेक्टर कोइरालालाई भनेका थिए । प्रतिउत्तरमा कोइरालाले संस्थामा निवेदन गर्नुपर्छ अनी मात्रै ऋण रकम पाइने भनेपछि संस्थामै पुगेर हस्ताक्षर पनि गरे तर रकम भने उनले अहिलेसम्म पाएका छैन् । उल्टै संस्थाले ऋण लगानीपछि नियमसंगत ऋण चुक्ता गर्न नचाहेको भन्दै बानियाँको निजी मोटरसाइकल संस्थाका व्यवस्थापक राईले इलाका प्रहरी कार्यालय धुलाबारीमा पु¥याएका छन् ।

अर्की पिडित धनमाया चिमरीयाले भनिन–श्रीमान् र छोरा घर नभएको बेलामा आफूलाई ललाई फकाई दाइले संस्थाबाट ऋण झिक्ने भन्नु भा थ्यो तपाइ भएपनि हुन्छ भन्दै संस्थामै लगेर ल्याप्चे लगाएकी थिइन् । रकम केही दिनपछि आउने भन्दै आफूलाई घर फर्काएको उनले जानकारी दिइन् । केही महिनापछि संस्थाले लिएको ऋण तिर्नु पर्दैन भने पछि मात्रै थाहा भयो ‘लौ अब के गर्ने’ उनले सुनाइन् । उनको नाउँमा ४० हजार ऋण संस्थामा देखिएको छ । त्यस्तै सोही समूहका विना दर्जीको ५० हजार, रञ्जु दर्जीको ४० हजार, अनिता दर्जीको ४० हजार देविमाया दर्जीको ४० हजार, मिरा तामाङ्गको ५० हजार, असली तामाङ्गको ४० हजार रुपा दर्जीको ४० हजार, निशा राईको ३० हजार, सीता दनुवारको नाउँमा ५० हजार रुपैयाँ लिएको संस्थाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ्ग जानकारी दिएका छन् । अध्यक्ष नेम्बाङ्गका अनुसार समूहका अधिकांश सदस्यले बाख्रा, भैसी पालन तथा व्यवसायिक प्रयोजनको नाममा ऋण माग गरेपछि उनीहरुले नै सहिछाप गरी रकम बुझेका हुन् । उनीहरुले बुझेको रकम कसलाई दिन्छन्, के गर्छन् संस्था जवाफदेही बन्दैन् । उनले आफ्ना कर्मचारी कोइरालालाई खोजी गरिरहेको समेत जानकारी दिए । पीडितले शुक्रबार नै सहकारी संस्था, इलाका प्रहरी कार्यालय धुलाबारी, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, डिभिजन सहरकारी संस्था, जिल्ला सहकारी संघ झापामा फरार कोइरालाको खोजी गरिदिन आग्रह गर्दै पत्राचार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: