झापा ११ लाई उपाधी

katari-gold-cup

बिर्तामोड ८ चैत । उदयपुरको गाईघाटमा आयोजित कटारी गोल्डकप–२०७१ को उपाधि झापा ११ फुटबल क्लबले चुमेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा बनेपा युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरमा पराजित गर्दै झापा ११ ले उपाधि रक्षा गरेको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि निर्णय टाइब्रेकरमा लिइएको थियो ।
झापा ११ का लागि कर्ण लिम्बू, बुद्ध चेम्जोङ, देवेन्द्र तामाङ र दिलेन लोक्तामले गोल गरेका थिए भने विपक्षीका तर्फबाट दुई गोल भएको थियो । झापा ११ का गोलरक्षक दिनेश थापामगरले एउटा प्रहार बचाएका थिए भने अर्को प्रहार पोस्टदेखि बाहिरिएको थियो ।
प्रतियोगिताभर सर्वाधिक गोलकर्ताको उपाधि झापा ११ का कर्ण लिम्बू घोषितहुँदै माउन्टेन बाइक पाए भने म्यान अफ दी टुर्नामेन्ट घोषित भएका झापा ११ कै दिनेश कार्कीले नगद ५ हजार प्राप्त गरे । झापा ११ ले उपाधिसहित नगद एक लाख पायो भने बनेपाले ७५ हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगिता फागुन ३० गतेदेखि सञ्चालनमा थियो ।

प्रतिक्रिया दिनुहोस्: