बिर्तामोडको बी एण्ड सी हस्पिटलमा ओपीडी सेवा निशुल्क

बिर्तामोड १६ चैत । पूर्वकै नमुना अस्पतालको रुपमा सञ्चालित झापाको विर्तामोडको वी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल रिर्सच सेन्टरले सर्वसाधरणलाई ओपीडी सेवामा निःशुल्क प्रदान गर्ने भएको छ ।
विषेश गरेर विपन्न समुदायलाई लक्षित गरी अर्को सूचना नआएसम्मका लागि ओपीडीमा निःशुल्क गरेको आइतबार हस्पिटल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
महंगो शुल्क तिरेर पनि भरपर्दो उपचार नपाइरहेका सर्वसाधारणका लागि आगामी चैत्र २१ गतेसम्म व्याथोलोजी र भिडियो एक्स–रे सेवामा ५० प्रतिशत छुट दिइने भएको छ । स्वास्थ्य शिविरअन्तरगत गत चैत्र ८ गतेबाट निःशुल्क ओपीडी सेवा, ल्याव टेष्ट र भिडियो एक्स–रे सेवा दिइएको सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उक्त स्वास्थ्य शिविरमा २ हजार ९ सय ५१ जनाले ओपीडी सेवा, विभिन्न प्रकारका ल्याव टेष्ट सेवा १ हजार ७ सय ४६ जनालाई, भिडियो एक्स–रे ३ सय ६७ जनालाई २० लाख २ हजार ९ सय मूल्य बराबरको निशुल्क सेवा प्रदान गरिएको हस्पिटलका निर्देशन डा. उमेशकुमार शर्माले जानकरी दिए ।
बैशाख दोश्रो सातादेखि पूर्णरुपमा सञ्चालनमा आउने हस्पिटलमा ३० जना विषेशज्ञ डाक्टरहरुले सेवा प्रदान गर्ने जनाएको छ । सिटी स्क्यान, एक्स–रे, अपरेशन (ओटी), आइसीयु, इमेरजेन्सी सेवा समेत सञ्चालनमा ल्याइने हसिपटलका प्रबन्ध निर्देशक दूर्गा प्रसाईले जानकारी दिए ।

bbb हस्पिटलले विरामी उपचार भएकामध्ये निम्न तथा गरिव समूदायका लागि १० प्रतिशत निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइने प्र्रबन्ध निर्देशक प्रसाइको भनाई छ ।हस्पिटलले ३ सय २६ किसिमका प्याथोलोजी टेष्ट गर्ने प्रविधिबाट सेवा दिइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: