भूपू सैनिकको हत्या

काठमाण्डौ ९ चैत । काठमाडौंको धोबीखोलामा नेपाली सेनाका अवकाशप्राप्त सुबेदार द्रोणबहादुर सेनको शव फेलापरेको छ ।
सिंहदरबारको हनुमानथानबाट नयाँ बानेश्वर जाने बाटोमा पर्ने धोबीखोला पुलमुनि सेनको शव फेलापरेको हो । नयाँ बानेश्वरको थापागाउँमा रहेको पञ्चकुमारी मन्दिरछेउमा डेरा गरी बस्ने सेनको टाउकोमा चोट लागेको छ ।
सेनलाई कसैले हत्या गरी फालेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । खोलामा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै घटनास्थलमा पुगेर प्रहरीले अनुसंधान थालेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: