महिला हिसाबिरुद्ध नाटक

बिर्तामोड ९ चैत्र । झापाको काकरभिटामा नव आवाज नाट्य समूह झापा, माइती नेपाल काकरभिटा तथा इलाका प्रहरी कार्यलय काकरभिटाको आयोजनामा चेतनामुलक सडक नाटक मेरी आमा जिन्दवाद मञ्चन गरिएको छ । महिला हिंसा तथा मानव तथा चेलिबेटी बेचबिखन न्यूनिकरण गर्ने उदेश्यले उक्त सडक नाटक मञचन गरिएको हो । अर्जुन भुजेलको लेखन र कल्पनामा तयार गरिएको नाटकको निर्देशन बिनोद उप्रेती, र युवराज भुजेलले संयुक्त रुपमा गरेका थिए ।

natak 1

माइती नेपाल क्षेत्रिय अधिकृत गोबिन्द घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा , इलाका प्रहरी कार्यलय काकरभिटाका डिएसपि अर्जुन तिम्सिना त्यसैगरि नेपाल महिला संघ केन्द्रीय प्रतिनिधि बिष्णु माय उप्रेति ९मैयाँ० नेपाल महिला सग क्षेत्रिय उपाध्यक्ष रचना घिमिरे , प्रतिनिधि ससिकला मगर , सनातन धर्म समिति केन्द्रय सदस्य नेत्र प्र पराजुली, राधा कार्की ,परिवर्तनशिल महिला उपाध्यक्ष बबिता पौडेल , त्यसैगरि महिला प्रतिनिधि देउ कुमार काकी, राधा काकी आदी को उपिस्थित रहेको थियो ।

नव आवाज नाट्य समूहले प्रस्तुत गरिएको उक्त सडक नाटक जल्दो बल्दो परिबेषमा रहेर अपराधीलाइ खबरदारी गर्ने उदेश्यले मञ्चन गरिएको थियो । भन्डै ५० मिनेटको उक्त नाटकमा १७ जना कलाकारहरुले अभिनय गरेका थिए भने झन्डै चार सयजना दर्शको उपस्थित रहेको थियो । साथै माइती नेपालको शक्रियतामा उक्त नाटक झापाको बिर्तामोड,दमक , चन्द्रगडि , इलाममा प्रस्तुत गरिने नव आवाज नाट्य समूह झापाले जनाएको छ । नव आवाज नाट्य समूहले हाल बिभिन्न स्थानमा सडक नाटक प्रस्तुत गनुर्का साथै आराम्भ एफएमबाट रेडियो नाटक नविनताका स्वरहरु प्रस्तुत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: