चट्याङ लागेर चारको मृत्यू, एक घाइते

बिराटनगर १३ चैत । बिहिबार बिहान परेको चटयाङबाट मोरङ र सप्तरीमा चार जनाको मृत्यु भएको छ भने सुनसरीमा एक महिला घाईते भएकी छन् ।
मोरङको थलाहा बस्ने १६ वर्षिय जितेन माझीको चट्याङले लागेर मृत्यु भएको हो । घरबाट खेततर्फ जाँदै गर्दा चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
त्यस्तै सप्तरीको दिघवा ५ बस्ने ४० वर्षिय दशरथ खङको विहान आफ्नै बारीमा काम गर्दै गर्दा चट्याङ लागेर मृत्यु भएको छ । यस्तै सितापुर ८ बस्ने श्री जगजागरण राष्ट्रिय प्रावि का प्रधानाध्यापक ५० वर्षिय रविलाल खङको करेसा बारीमा काम गर्दै गरेको अवस्थामा र हरिहरपुर ३ बस्ने ८२ वर्षिय बिलट चौधरीको बाटोमा हिड्ने क्रममा चट्याङले लागेर घटनास्थलमै मृत्यु पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
चट्याङले लागेर सुनसरी महेन्द्रनगर २ की २५ बर्षिया मन्दिरा बस्नेत गम्भीर घाइते भएकी छन् । उनको बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: