बन कार्यालयमै सडियो रक्तचन्दन

भद्रपुर १३ चैत । आठ वर्ष अधि भारतवाट अवैध रुपमा नेपाल भित्रयाउदै गर्दा वरामद गरीएको करोडौ मूल्य वरावरको रक्तचन्दन जिल्ला वन कार्यालय झापाको गोदाममा सड्ने अवस्थामा पुगेको छ ।
सरकारी निती स्पष्ट नहुदा कानुनको अभावमा लिलाम प्रकृया अगाडी वढन नसकेको कारण वरामद गरीएको झण्डै २० हजार केजी रक्तचन्दन गोदाम भित्रै सडने अवस्थामा पुगेको हो । प्रहरीले विभिन्न मितिमा भारतवाट ल्याउदै गरेको अवस्थामा पक्राउ गरी जिल्ला वन कार्यालयमा वुझाउएको थियो । बरामद भएका रक्तचन्दनको संरक्षण गर्ने जिम्मा वन कार्यालयले पाएको छ ।
रक्तचन्दनको कारोवार मुलुक भित्र नहुने भएकोले यसको वजार भाउ कति हो भन्ने यकिन छैन । सरकारले प्रकासीत गरेको राजपत्रमा प्रतिकेजि ८ सय तोकिएको भएता पनि भारत वाट लुकिछिपि नेपालको वाटो हुदै चिन जाने रक्तचन्दनको मूल्य नेपालको भन्दा कयौ गुणा वढी भएको जानकारहरु वताउछन ।
जिल्ला वन कार्यालय झापाको गोदाममा थन्किएको रक्तचन्दनको सरकारी भाउ १ करोड ८० लाख रुपैया रहेको छ । वरामद गरीएको रक्तचन्दन के गर्ने भन्ने स्पष्ट कानून नभएका कारण समस्या भएको जिल्ला वन कार्यालयका अधिकृत विष्णु रिजालले वताए । उनले रक्तचन्दन कार्यालयको गोदाममा सुरक्षीत रहेको वताउदै सरकारको स्पष्ट निति नआए सो चन्दन गोदाममा नै सडने अवस्थामा पुगेको वताए । कार्यालयले वन विभागमा पटक पटक लिखित पत्र पठाउदा समेत कुनै निर्देशन नआएको जानकारी उनले दिए ।
गत ०६३ पुष ३ गते भारत चेन्नइका यम भाष्कर र राजु भाष्करले भारतवाट ल्याउदै गरेको अवस्थामा झापाको टाघनडुव्वा वाट ३ सय ६२ थान ( ६ हजार ३ सय ७५ केजि ) ,०६४ जेठ २१ मा टाघनडुव्वा ८ का मौलाना गुलाम रसुल मियाले चिन लैजाने तयारी गर्दै गरेको अवस्थामा ६५ थान ( १ हजार ६ सय ८७ केजि ) त्यसको भोलि पल्ट सोहि स्थानवाट सुवाष चौधरी, उपेन्द्र चौधरी, अभिनाष चौधरी र रामजतन चौधरीको घर परिषर वाट ३ सय ९९ थान ( ११ हजार ७ सय ७० केजि) प्रहरीले वरामद गरेको थियो ।
घटना पश्चात झापा जिल्ला अदालतले भाष्कर द्धयलाई जनही ३ लाख १८ हजार ७ सय ३३ रुपैया,मियालाई २६ लाख ९९ हजार २ सय र अन्यलाई जनही १ करोड ८८ लाख ३२ हजार विगो तोकेको थियो । अभियुक्त मध्ये उपेन्द्र र राम जतन हाल सम्म फरार छन भने वाँकी अदालतको सादा तारेखमा रिहा भइसकेका छन । गोदाममा २ कोठा मध्ये एउटामा तत्कालीन नेकपा माओवादी झापा र जिल्ला वन कार्यालयले दोहोरो ताला लगाएका छन भने एउटामा वन कार्यालयको मात्र ताला छ । दुवै गोदाम हाल सम्म एक पटक पनि नखोलिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: