इटहरीमा पत्रकारको हत्या

इटहरी १५ चैत । उदयपुरको गाईघाटमा रहेर सक्रिय पत्रकारिता गरिरहेका बरुवा टाइम्सका उप–सम्पादक युवा पत्रकार सचिन भट्टराई इटहरीमा मृत फेला परेका छन् । १० चैत्रमा इटहरी आए लगतै उनी बेपत्ता भएका थिए ।
इटहरीमा बेवारिसे शव भेटिएको हल्लासँगै परिवारजनले शव भट्टराईको भएको पुष्टि गरेका छन् । भट्टराई गाईघाटबाट प्रकाशित हुने बरुवा टाइम्समा उप–सम्पादक थिए । उनी काठमाडौँबाट प्रकाशित हुने हिमालय टाइम्स दैनिक र सौर्य दैनिकमा पनि आवद्ध थिए ।
केही समय अघि इटहरीमा रहेर रेडियो, पत्रिका र अनलाइन पत्रकारितामा सक्रिय भट्टराई प्रेस चौतारी उदयपुरका कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघका सदस्य थिए । २६ वर्षीय भट्टराई १० चैत्रमा इटहरी आएका हुन् । उनी एकजना साथीसँग भेँडेटार घुम्न गएको र राति इटहरीको एक होटलमा बसेका थिए ।
उनको हत्या भएको अनुमान परिवारजनले गरेका छन् । प्रेस चौतारी उदयपुरका अध्यक्ष भरत खड्काले भने, ‘चार दिन बेपत्ता भएपछि खोजी गर्दा मृत भेटिएको पाइयो, शव सचिनको भनेर उहाँको दाइले पुष्टि गर्नु भएको छ ।’ उनले हत्याको आशंका भएको बताए । सचिनको मृत्युले पुर्वमा पत्रकारिता क्षेत्रमा रहेर काम गर्ने पत्रकारहरु शोकाकुल बनेका छन् ।

नेपाल पत्रकार महासंघ आफ्नो ६० औँ वर्षगाँठ मनाउने तयारीमा रहँदा एक पत्रकारको चारदिनदेखि इटहरीमा बेवारिसे शव भेटिँदा पनि प्रहरी प्रशासन मौन रहनु ताजुबको विषय छ । यसै बिच नेपाल पत्रकार महासंघ केन्द्रिय समतिले घटनाको सत्य तथ्य पता लगाउन नेपाल पत्रकार महासंघका पुर्वाञ्चल संयोजक गणेश पोख्रेलको संयोजगत्वमा ५ सदस्यीय छानविन समिति गढन गरेको छ ।

patrakar itahari समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघका के.स गणेस लम्साल, नेपाल पत्रकार महासंघका कुसल बहादुर बस्नेत, नेपाल पत्रकार महासंघका केशब घिमिरे र भतिmबिलास पोख्रेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: