कार्यकर्ता र प्रहरीबीच आईतवार झडप

कास्की १५ चैत । पोखराको न्यूरोडमा एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा कार्यकर्ता र प्रहरीबीच आईतवार झडप भएको छ ।झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । हातमा बाँसका भाटा बोकेका मोर्चाका कार्यकर्ताहरुको जुलुस बगर, चिप्लेढुंगा हुँदै न्यूरोड पुगेको समयमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो ।

प्रहरीको लाठी चार्जपछि जुलुस तितरबितर भएको थियो । झडपमा परी केही कार्यकर्ताको टाउको र अनुहारमा चोट लागेको छ ।
प्रत्यक्षदर्र्शीका अनुसार घाइतेहरुलाई मोर्चाकै कार्यकर्ताहरुले मोटरसाइकलमा राखेर अस्पताल पुर्याएका छन् ।
स्थानीय व्यवसायीका अनुसार मोर्चाका कार्यकर्ताहरुले पसलका सटरहरुमा लाठी हान्दै बन्द गर्न दवाव दिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रम अनुसार एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाले आइतबार देशभर लाठी जुलुस प्रदर्शन गरेको छ ।

YCLयसै विच झापाको सदरमुकाम चन्द्रगढीमा पनि ३० दलिय मोर्चाले प्रदर्शन गरेको छ । गृहमन्त्रालयले भने लाठी जुलुस प्रदर्शनमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्: