फुटबल प्रशिक्षकलाई ज्यान मार्ने धम्की

khel ph.काठमाडौं १५ चैत । इटलीका फुटबल प्रशिक्षक एन्टोनियो कोन्टेलाई ज्यान मार्ने धम्की आएको छ ।
बुल्गेरियासँगको खेलका क्रमा युभेन्टसका मिडफिल्डर क्लाउडिओ मर्चि्सिओ घाइते भएपछि इटलीका प्रशिक्षकमा
धम्की आएको इटालियन फुटबल महासंद्धघका अध्यक्षले बताए ।

युरो कप छनोटमा इटलीले बुल्गेरियासँग २–२ को बराबरी खेलेको थियो । खेलअघि अभ्यासका क्रममा २९ वर्षीय मिडफिल्डर मर्चि्सिओ घाइते भए ।
इटली फुटबलका अध्यक्षले इटालियन रेडियोलाई बताए अनुसार एन्टोनियो कोन्टेलाई इन्टरेनेटमा मार्ने धक्की आएको छ ।

उनले भने–‘मैले लामो समयपछि आज विहान कोन्टेलाई भेटेको थिएँ । तर, उनी शान्त थिएनन् ।’
युभेन्टसका पूर्व खेलाडी एवं प्रशिक्षक समेत रहेका कोन्टेले अभ्यासका क्रममा मर्चि्सिओ घाइते भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: