युएईमा चैते दशै धमाका

युएई १५ चैत । लोक संगीतलाई अश्लिलता जोडेर कुरुप बनाएको आरोप लागिरहने गायिका ज्योती थापा मगरले युएईमा दर्शकको दुर्व्यवहार सहनु परेको छ । शुक्रबार युएईको अल एन मा ईभेन्ट नेपाल द्वारा आयोजित चैते दशैँ धमाकामा प्रस्तुती दिँदै गर्दा अश्लिलता भएको भन्दै दर्शकले दुर्व्यवहार गरेका छन् ।

नेपाली युवाहरूको सक्रिय समुह इभेन्ट नेपालद्वारा आयोजना गरिएको उक्त चैते दशै धमाका २०१५ मा उपस्थित दर्शकले गायिका ज्योति मगरमाथि दुव्र्यवहार गरेपछि स्थानीय प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।

घटनामा केहीलाई प्रहरीले नियन्त्रणमा लिए पनि उनीहरुलाई अहिले छाडिएको छ । पुर्व निर्धारित समय भन्दा निक्कै ढिला गरी शुरू भएको उक्त कार्यक्रममा नेपालकी हट गायिकाका रुपमा चर्चा कमाएकी ज्योति मगरको उपस्थिति रहेको थियो ।

शुरूबाट नै हाउस फुल भएको उक्त चैते दशै धमाकामा स्थानिय कलाकारहरूको पनि प्रस्तुति रहेको थियो । गायिका ज्योति मगरको प्रस्तुतिको दौरानमा दर्शकले हुटिङ र होहल्ला गरेका थिए ।

new घटनापछि कार्यक्रम स्थगन नै भएको थियो भने कार्यक्रम स्थलमा प्रहरीसमेत आइपुगेको थियो । आफुलाई लोक गायिकाको रूपमा प्रस्तुत गर्ने गरेता पनि अश्लिल हाउभाउ र पहिरनको कारण उनी आलोचित हुँदै आएकी छिन । यसैको प्रभाव स्वरुप यो कार्यक्रममा दर्शकले दुर्व्यवहार गरेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्: