ट्रकको ठक्करबाट मृत्यू

दमक १६ चैत । दमक १५ चियादोकान चौकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ ।
दमक ९ निवासी ५५ बर्षिय शैलेस खनालको ट्रकको ठक्कर बाट ज्यान गएको ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ ।
स्थानिय जनता स्कुलनमा अध्ययन गर्ने बच्चालाई स्कुल पुर्याएर साईकलमा घर फर्कंदै गर्दा बिहान सवा ६ बजे पुर्व वाट पश्चिम जाँदै गरेको लु १ ख ६२४२ नम्बरको ट्रकले उनलाई चियादोकान चौकमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट खनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रतिक्रिया दिनुहोस्: