ट्वीटरमा अमिताभले शाहरुख र सलमानलाई पछाडी छाडे

मुम्बई । बलिउडका महानायक अमिताभ बच्चनले एउटा अर्को उपलब्धि हासिल गरेका छन् । उनी अहिले ट्वीटरको सबैभन्दा लोकप्रिय बलिउड हस्ती बनेका छन् ।

माइक्रो ब्लगिङ साइट ट्वीटरमा उनका प्रशंसकको संख्या बढेर १.४ करोड पुगेको छ । ७२ बर्षिय अभिनेता यो समय घुम्नका लागि कायरो गएका छन् ।

उनको ट्वीटरमा प्रशंसकको संख्या अरु कलाकारको भन्दा बढी भएको छ । प्रशंसकमा उनी पछि शाहरुख खानको १.२ करोड, आमिर खान १.१९ करोड, सलमान खान १. १२ करोड र प्रियंका चोपडाको ९३ लाख पुगेको छ ।

अमिताभले यसलाई लिएर ट्वीट गरेका छन् ट्वीटरमा १.४ करोड, फेसबुकमा २ करोड, ब्लगमा ३० लाख गरी लगभग ४ करोड प्रशंसक रहेको उनले जनाएका छन् ।

सोसियल मिडीयामा धेरै सक्रिय रहने कलाकारहरु आफ्नो निजि तथा पेशागत जिन्दगीमा पनि प्रशंसकका साझा हुन्छन् । उनले अहिलेसम्म ३९ हजार ७ सय ट्वीट गरिसकेका छन् ।

amit

प्रतिक्रिया दिनुहोस्: