मलेसियामा नेपालीको बेवारिसे लास

मलेसिया १७ चैत । मलेसियाको सेरडाङ अस्पतालमा एक नेपालीको शव बेवारिसे अवस्थामा रहेको छ । मृतकको शव पहिचान नभएपछि अस्पतालमै अलपत्र अवस्थामा रहेको छ ।

सेरडाङमा रहेको प्रहरी चौकीले मृत्यु भएका युवक नेपाली भएको भन्दै नेपाली दुतावासलाई जानकारी गराएको थियो । मृतक नेपालीको टाउकोमा गम्भीर चोट लागेको छ ।
नेपाली युवकको शव सडक किनारामा देखेको र उक्त ब्यक्ति नेपाली भएको भनी केही नेपालीले वयान दिएको आधारमा प्रहरी चौकीले मलेसियास्थित नेपाली दुतावासलाई जानकारी गराएको हो ।
नेपाली दुतावासले सूचना जारी गर्दै कसैले चिनेको खण्डमा तत्काल दुतावासमा जानकारी दिन आग्रह गरेको छ । मृतकको पहिचान खुलेपछि मात्रै उद्दार प्रकृयामा लाग्न सजिलो हुने दुतावासले जनाएको कुरा अनलाईन खवरमा छ ।

प्रतिक्रिया दिनुहोस्: