एमाओबादी नेतालाई पितृशोक

बिर्तामोड १९ चैत । एकीकृत नेकपा माओबादी झापाका जिल्ला सदस्य भक्तबहादुर बुढाथोकी (कुमार) लाई पितृशोक परेको छ । केही दिनयता स्वास्थ्यमा समस्या ग्रस्त बनेका ७२ बर्षिय नरबहादुर बुढाथोकीको बिहिबार बिहान निजिनिवास खुदुनाबारीमा निधन भएको हो ।

बुबा बिष्णुलाल र माता हरिमाया बुढाथोकीको कोखबाट बि.स. २००० साल माघ १२ गते पाँचथरको याङनाम–५ मा जन्मेका नरबहादुर ग्याष्ट्रीक, शरिर सुक्ने थाइराइड, फोक्सोमा समस्या लगायतका रोगले ग्रसित बनेका थिए ।

रोगले ग्रशीत बनेपछि उनलाई भारतको सिलगुडीस्थित न्युटीया हस्पिटलमा उपचारका लागि लगिएको थियो । उनका श्रीमती बिष्णुमाया, छोराहरु बिष्णुबहादुर, भक्तबहादुर, खड्ग, र इन्द्र बुढाथोकी रहेका छन् भने छोरीहरु दीर्घमाया, लक्ष्मीमाया र रुवीना रहेका छन् ।

बुडाथोकीको बिहिबार टाङटिङ खोलामा अन्तिम दाहसस्कार गरिएको छ । अन्तिम दाहसस्कारमा पुगेका एमाओवादी जिल्ला समिति झापाका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: