फिटनेस सेन्टरमा पारसको बास

काठमाण्डौ । झण्डै चार वर्षपछि स्वदेश फर्किएका पूर्व युवराज पारस शाह धुम्बाराहीस्थित कुन्डलिनी फिटनेश सेन्टरमा बस्ने भएका छन् ।
विगतका बिवादास्पद गतिविधि, आफ्नै परिवारप्रतिको व्यवहार, उनीमाथि भएका कानुनी कारबाही, परिवारमा परेको असर र हालको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवास आउन रोक लगाएको बताईएको छ ।
शाहले आवश्यक उपचार व्यवस्थाका लागि सुधार केन्द्रमा बस्नुपर्ने, आचरण र व्यवहारसमेत परिवर्तन नआइसकेकाले उनलाई फिटनेश सेन्टरमा बस्ने ब्यबस्था मिलाइएको पारिवारिक स्रोतले जनाएको छ ।
उनलाई स्वागत गर्न विमानस्थलमा उनका केही समर्थकसमेत पुगेका थिए । यद्यपी परिवारका सदस्यहरु भने देखिएका थिएनन् । थाइल्यान्डमा रहँदा पारस पटक–पटक लागू औषधसहित पक्राउ परेका थिए । भविष्यमा पारस शाह नेपालमै रहने वा फेरि विदेश जाने भन्नेबारे आधिकारीक रूपमा केही खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्: