दिलवाले फेरी आउदै

मुम्बई । बलीउड को सबैभन्दा सफल अनस्क्रीन जोड़ी शाहरुख खान र काजोल एकपटकफेरी सिल्वर स्क्रीनमा आउने भएका छन् । यो जोड़ी फिल्म ’दिलवाले’ मा आउने भएका हुन् । यस फिल्मलाई रोहित शेट्टीले निर्देशन गरेका छन् । यस फिल्मको रिलीज मिति जारी भइसकेको छ । यस फिल्ममा आलिया र फवाद कोे हट सीन हुने जनाएको छ ।
शाहरुख खान र काजोल को जोड़ी एकपटक फेरी सिल्वर स्क्रीनमा फिल्म ’दिलवाले’ मा नजर आउने भएको जनाइएको छ । शाहरुख र काजोललाई दर्शकले यस फिल्ममा हेर्नका लागि धेरै समय देखि पर्खिरहेका छन् । समाचारमा जनाइए अनुसार ’दिलवाले’ आगामी क्रिसमसको अवसरमा रिलीज गरिनेछ । गोवा राज्य फिल्म महोत्सवको उद्घाटनमा पुगेका निर्देशक शेट्टीले यो समय आफु ’दिलवाले’ को शूटिंङ्ग गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: