सहकारी दिवसमा बिविध कार्यक्रम

झापा । ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहरकारीले देशभर पुरानै शैलिमा विविध कार्यक्रम गरी मनाएका छन् ।
देशभर विभिन्न उद्देश्यले सञ्चालित करिब २५ हजार सहकारी संस्थाहरुले भव्यताकासाथ सहकारी दिवस मनाएका हुन् ।
सहकारी दिवसकै अवसर पारेर पूर्वका केही जिल्लामा सञ्चालित सहकारीले पुरानै शैली र ढंगले दिवस मनाएका हुन् । अधिकांश सहकारीले कुनै नयाँ ठोस कार्यक्रमको परिकल्पना गरिएको पाइएन् । यद्यपी सहकारीलाई देशको अर्थतन्त्रको तेश्रो खम्बाको रुपमा लिइएको छ ।

सहकारी दिवस गीत, नृत्य, भाषण गरेर मनाउने कार्यक्रममा सीमित भएको छ । त्यसमा नयाँ आयाम भने थपिएन् । विभिन्न ठाउँमा जनचेतनामुलक नारासहित बजार परिक्रममा गर्ने काम पनि पुरानै शैलीमा थियो । सहकारीको विकाससँगै स्वरोजगारको कुरा पनि जोडिन्छ । सहकारीले आर्थिक विकाससँगै रोजगारीका लागि नयाँ कम्पनी, उद्योग धन्दा खोल्ने तर्फ ध्यान दिएका छैनन् ।
यसैबिच झापाको गौरादहमा जिल्ला सहकारी संघ र डिभिजन सहकारी कार्यालयको संयुतm आयोजनामा आयोजित कार्यक्रममा जिल्लाभरीका सहकारीको सहभागिता रहेको थियो । कार्यक्रममा बिराट एफएमका प्रवन्ध निर्देशक तिर्थ सिग्देल, पत्रकार महाँसंघ झापाका सचिव एकराज गिरि र प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतमलाई सम्मान तथा पुरस्कार प्रदान गरीएको थियो ।
यता सुपारी खेति विकाश संस्था वुधवारेले विर्तामोडमा सहकारी दिवस मनाएको छ । देवी खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी फडिन्द्र दहाल, उध्योग वाणिज्य संघ झापाका अध्यक्ष उमेश डालमिया, अलैची ब्यवसायी महाँसघका केन्द्रिय अध्यक्ष राजेन्द्र घिमिरे लगाएतले बोलेका थिए । रवि नेपालले संञ्चालन गरेको कार्यक्रममा गित, नृत्य र झाँकी प्रस्तुत गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्: