फ्रान्समा दुब्ली तथा पातली मोडललाई रोक

एजेन्सी । पेरिस, इटली, स्पेन र इजरायल पछि अहिले फ्रांसमा पनि धेरै दुब्ली तथा पातली मोडललाई क्याटवाक गर्न रोक लगाइएको छ । यस्ता मोडलको आकांक्षालाई जरिवाना र जेलको सजाय समेत हुने भएको छ । संसदको तल्लो सदन नेशनल एसेम्बलीमा शुक्रवार सांसदहरुले यसलाई रोक लगाउने कुरामा मतदान गरेका थिए ।

संसदमा पारित संम्सोधन अनुसार, कसैको शरीरको ‘मास इंडेक्स’ निर्धारित स्तरमा कम पाइएमा त्यसलाई क्याटवाक तथा मोडलका रुपमा काम गर्न योग्य नठहरिने जनाइएको छ ।

एजेन्सी तथा फेशन हाउसमा यस्ता मोडल पाइएमा ७५ हजार यूरो सम्म जरिवाना र ६ महीनाको सजाय हुन सक्ने छ । संम्सोधन पेश गर्ने सांसद ओलिवियर वेरनले भनेका छन् ‘यस तरिकाको उपाय स्पेन, इटली र इजरायलमा भइसकेको छ ।’ स्वास्थ्य मंत्री मरिसोल ट्यूरेनले भने–‘ युवा मोडलले भरपूर खाना र आफ्नो स्वास्थ्यमा ध्यान दिनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्: