बलात्कारको घटनामा दोब्बर बृद्धी

बिर्तामोड । पछिल्ला तिन महिनामा झापामा बिगतका बर्षको तुलनामा बलात्कारको घटना दोब्बर बृद्घी भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) झापाले बिर्तामोडमा शनिबार सार्वजनिक गरेको तथ्याङंकमा यो बर्षको शुरुका तीन महिनामा बिसवटा बलात्कार र चारवटा बलात्कार प्रयासको घटना भएको उल्लेख छ ।
बलात्कार र बलात्कारको प्रयासका घटना धेरै संरक्षकहरुबाटै भएको छ । बिशेष गरी आर्थिक बिपन्न, आफन्त नभएका र अरुको संरक्षणमा रहेका बालबालिका बलात्कारको शिकार भएको इन्सेकको तथ्याङक छ । मंशीर, पुस र माघ महिनामा बलात्कारका घटना बढी भएको इन्सेक प्रतिनिधि अर्जुन बस्नेतले कार्यक्रममा बताए । बलात्कारको शिकार ५ बर्षसम्मका बालिका समेत भएको ईन्सेकको प्रतिवेदनमा जनाइएको छ ।
उक्त अवधिमा आफन्तबाटै तीनजनाको हत्या भएको थियो । लखनपुर १ की ४० बर्षिय धिरज सहनीलाई सोही स्थानका ज्वाई बिमल ऋषिदेबले आपसी बिबादका कारण गत माघ ९ गते ढुङ्गा प्रहार गरी हत्या गरेका थिए । खजुरगाछी ९ का ५५ बर्षिय हरिप्रसाद ताजपुरियालाई छोरा उमेशले धारिलो हतियार प्रहार गरी घरमै हत्या गरेका थिए ।

त्यस्तै बाहुण्डाँगी ९ की २० बर्षिया अनिता राईलाई काका उमेश राईले फागुन ५ गते धारिलो हतियारले घाटी र पेटमा काटेर हत्या गरेको इन्सेक प्रतिनिधि बस्नेतद्धारा जारी गरिएकोे तथ्याङकमा छ ।

दुईजनाको अपहरण, एक राज्यपक्षबाट हस्तक्षेप एउटा घटना भएको छ जुन एकीकृत नेकपा माओबादीसहितको ३० दलिय मोर्चाले गत माघ ८ गते झापाको सदरमुकाम चन्द्रगढीमा पहिचानसहितको संघियता तथा शुरु हुन लागेको प्रक्रियाको बिरोधमा नाराजुलुससहित प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने क्रममा मालपोत कार्यालय अगाडी प्रहरीले लाठीचार्ज गरेको थियो । सो घटनामा ११ जना घाईते भएको कार्यक्रममा वितरित प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्: