भाषा साहित्यका अग्रज  ब्याक्तित्व

प्रेमराज चिमरिया
नेपाली भाषा र साहित्यको इतिहासमा एउटा परिचित ब्यतिmत्वका रुपमा लिन सकिन्छ साहित्यकार चुडामनि रेग्मीलाई ।

वि.स १९९३ मा पिता स्व.पिताम्बर रेग्मी र माता स्व. खिलेस्वरी देवी रेग्मीका एघारौ सन्ततीका रुपमा संङखुवासभामा जन्मनु भएका रेग्मी जीवनका अठतरौँ बसन्तहरु पार गरेर पनि भाषा र साहित्य साधनमा उतिकै सक्रिय देखिनु हुन्छ । हाल झापा चन्द्रगढी स्थित झरो नेपाली घरमा स्थाई बसोवास गर्दै आउनुभएका रेग्मीले झन्डै तिन दर्जन पुस्तकाकार कृतिहरुको सम्पादन गरेको पाईन्छ ।

२०१३ शालमा नौलोपाईलो नामक त्रैमासिक पत्रिकाबाट झर्रोवादी आन्दोलनमा लाग्नुभएका रेग्मीको भाषा साहित्य प्रतिको आन्दोलन हाल पनि उतिकै सक्रिय रहेको छ । मेची बहुमुखी क्याम्पस भद्रपुरका पुर्व सह–प्राध्यापक तथा नेपाली बिषय बिभागीय प्रमुख रहेर काम गरीसक्नु भएका रेग्मीले युगज्ञान जुही जस्ता प्रकाशनबाट दर्जनौँ कृतीहरु प्रकाशित गरेर स्थापित एवं नवोदित साहित्यकर्मीहरुलाई ठुलो गुण लगाउनुभएको पाइएको छ ।

यूगज्ञान, जुही बाहेक यथार्थ कुरा पाक्षिकको सम्पादक समेत रहनुभएका साहित्यकार रेग्मी प्रलेस केन्द्रीय समितिका पुर्व सल्लाहकार तथा प्रलेसका सदस्य समेत रहनुभएको छ । कथा, निबन्ध, यात्रा बृतान्त, कविता काव्य कृती, समालोचना भाषा व्याकरण, हास्य व्याङग्य लगायत बिभिन्न बिधामा कलम चलाएर नेपाली भाषा र साहित्यको फाँटमा दर्जनौ कृतीहरुको सिर्जना गर्नुहुने साहित्य धरोहर रेग्मी महानन्द पुरस्कार, भैरव पुरस्कार, गणेश दुवाल खिलकुमारी प्रतिभा पुरस्कार, प्रेस काउन्सील पुरस्कार, बिरता जेसिजको उत्कृष्ट नागरिक सम्मान, अथक साहित्य साधक सम्मान २०६३, मदन पुरस्कार स्वर्ण बर्ष २०६२ द्घारा सम्मानित लगायत दर्जनौ संघ सस्थाबाट पुरस्कृत एवं सम्मानित हुनुहुन्छ ।

भाषाविद रेग्मी हाल पनि बिभिन्न साहित्यिक गतिविधिमा उत्तीकै सक्रिय हनुभएको छ । बिशेष गरी झर्राेवादी आन्दोलनका योद्घाका रुपमा परिचित रेग्मीको लेखन बिशेषता भन्नु नै साहित्यमा नेपालीपन झल्काउने सरल तथा सहज शब्द चयन र भाषा शैली नै हो । भाषिक संरचनामा बिशेष महत्व राख्नुहुने भाषा तथा साहित्यका अग्रज व्यक्तित्व चुडामणी रेग्मीको भाषा र साहित्यप्रतिको मोह र त्याग आगामी पुस्ताका लागि एउटा अनुकरणीय दिन नै रहन्छ भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्: