अग्नि पीडितलाई अस्पतालको सहयोग

बिर्तामोड । ताप्लेजुङका अग्नि पीडितलाई झापाका अस्पतालहरुले आर्थिक सहयोग गरेका छन् ।

रकम संकलन समितिका संयोजक फणिन्द्र चापागाईका अनुसार संकलित ५१ हजार रुपैयाँ झापाका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत पठाइएको हो ।

जस अनुसार कनकाई हस्पिटल, ओम साई हस्पिटल, मनमोहन हस्पिटल, अञ्जली हस्पिटल र मेडिका हस्पिटलबाट ६ हजार १ सय, बिर्ता सिटी, लाईफलाईन, ओम मेचीबाट ५ हजार १ सय, शंकर हस्पिटलबाट ३ हजार १ सय र जनसेवा हस्पिटलबाट २ हजार एक सय रुपैयाँ संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: