उत्कृष्ट नागरिक सम्मान हुने

बिर्तामोड । बीरता जेसीज बिर्तामोडले विगतका वर्षहरु झैं यस वर्ष पनि उत्कृष्ट नागरिक सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । विगतका वर्षहरु झैं नयाँ वर्षको अवसर पारेर वैशाख १ गते गर्ने सो कार्यक्रम यस वर्ष वैशाख ३ गते गरिने कार्यक्रमका संयोजक जेसी गणेशकुमार शाक्यले जानकारी दिए ।
समाज परिवर्तनका लागि विशेष योगदान पु¥याउने व्यक्तित्वहरुलाई उत्कृष्ट नागरिक घोषित गर्दै उत्कृष्ट नागरिक सम्मान प्रदान गरिने उद्देश्य अनुरुप यस वर्ष गीत रचनाकारका तर्फबाट उत्कृष्ट झापाली व्यक्तित्वलाई सम्मान समर्पण गर्ने निर्णय गरिएको र सो कार्यक्रम आगामी वैशाख ३ गते विहीबार बिर्तामोडको अतिथिसदनमा आयोजना गरिने भव्य समारोहमा सम्मान प्रदान गरिने उत्कृष्ट नागरिक सम्मान समारोह समितिका सचिव विशाल थापाले जानकारी दिए ।
उत्कृष्ट नागरिक सम्मान समारोह समितिका संयोजक गणेशकुमार शाक्यले गीत रचनाका क्षेत्रमा उत्कृष्ट व्यक्तित्व चयन गरी उनीहरुको नाम र जीवनीसमेत यथासक्य छिटो बीरता जेसीजको सचिवालय बिर्तामोडमा पठाउन सम्बन्धित संघ संस्थाहरुलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: