एक सातादेखि अन्धकार

बिर्तामोड । ट्रान्सफर्मर बिग्रिएर समयमा मर्मत नगरिदा दक्षिणी झापाको राजगढ गाविसका स्थानीयबासी एक सातादेखि अन्धकारमा बस्न वाध्य छन् ।
राजगढ– ६ स्थित नयाँ वजारमा राखिएको ट्रान्सफर्मर गत आइतवार बिग्रिएको राजगढ वजार व्यवस्थापन समितिका सचिव प्रेमवहादुर घिमिरेले जानकारी दिएका छन् । घिमिरेका अनुसार समयमा टान्सफर्मर मर्मतको माग गर्दै विद्युत प्राधिकरण अनारमनीलाई जानकारी गराएपनि एक सातासम्म ट्रान्र्फमर मर्मत नगर्दा राजगढवासी अन्धकारमा बस्न बाध्यछन् ।
विद्युत नहाँदा सवैभन्दा वढी विद्यार्थी मारमा परेको पशुपति उच्च मावि राजगढका पूर्व प्राचार्य नन्दकुमार कुवरले जानकारी दिएका छन् । वार्षिक परीक्षा दिइरहेका विद्यार्थी विुद्युत नहुँदा टुकी वालेर पढ्ने गरेको र आहिले हावा हुरीको समय भएकाले आगलागीको जोखिम समेत बढेर गएको कुवरको भनाई छ । वजारमा राखिएको १०० केभीएको ट्रान्सफर्मर विग्रिदा राजगढ वजार सहित नौ वटै वडाका स्थानीय वासिन्दा टुकी वाल्न वाध्य छन् ।
यता नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख राजीवकुमार सिहले विग्रिएको ट्रान्सफर्मर मर्मतकालागि विराटनगर पठाएको र केही दिनभित्रमा विद्युत सुचारु गरिने बताए । प्राधिकरणसंग नयाँ ट्रान्सफर्मर नभएको र मर्मतका लागि दुईसाता लाग्ने भएकाले समस्या उत्पन्न भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: