रेड कर्नर नोटिसमा ९८ नेपालीको नाम

विर्तामोड । अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलको वेबसाइटमा नेपालले फोटोविनै एक व्यक्तिलाई फरारको सुचिमा राखेको छ । सन् २००८ बाटै फरार सुचिमा राखिएका ती व्यक्तिको नाम जगदीश चन्द हो । बैतडी आसकोटका ४९ वर्षीय चन्द नेपाल प्रहरीका डीएसपीसमेत हुन् ।

हत्याको अभियोग लागेर फरार भएको भन्दै चन्दविरुद्ध रेड कर्नर नोटिस जारी गरिएको हो । सञ्चार उद्यमी जमिम शाहको हत्यामा संलग्न रहेको भेटिएपछि फरार भएका चन्दलाई प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन । चन्दसँगै अर्को पनि फोटो नभएकै व्यक्तिमाथि पनि रेड कर्नर नोटिस जारी भएको छ ।

काठमाण्डौंका भुपेन्द्र खडकामाथि ठगीको आरोप लागेको छ । खड्का अहिलेसम्म फरार छन् । यी केही पात्र मात्रै हुन्, जसलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी भएको छ । चन्द र खड्कासँगै त्यस्ता थुपै्र नेपालीहरु जसलाई विभिन्न अपराध गरेर फरार भएको भन्दै विभिन्न देशमा रेड कर्नर नोटिस जारी गरिएको छ ।
नोटिसमा
दुबईबाट १३ जना, कतारबाट २० जना, इटलीबाट १ जना, साउदी अरबबाट ३ जना, बहराइनबाट १ जना र अमेरिकाबाट ४ जना नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । नेपालबाट मात्रै हाल १८ जना नेपाली नागरिकमाथि विभिन्न अभियोगमा रेड कर्नर नोटिस जारी भएको छ ।

नेपालबाट रेड कर्नर नोटिस जारी भएका प्रायःजसो माथि हत्या, अपहरण, लुटपाट र ठगीको अभियोग लागेको छ । त्यसो त अन्य देशहरुले पनि थुप्रै नेपालीमाथि विभिन्न अपराध गरेर फरार भएको भन्दै आ(आफ्नो देशमा रेड कर्नर नोटिस जारी गरेका छन् । अहिले करिब ८० जना नेपालीमाथि विभिन्न देशबाट रेड कर्नर नोटस जारी भएको छ ।

भारतबाट सबै भन्दा धेरै नेपालीमाथि रेड कर्नर नोटिस जारी भएको छ । त्यहाँ २५ जना नेपालीहरुले अपराध गरेर फरार भएको भन्दै भारतले नोटिस जारी गरेको हो । त्यस्तै दुबईबाट १३ जना, कतारबाट २० जना, इटलीबाट १ जना, साउदी अरबबाट ३ जना, बहराइनबाट १ जना र अमेरिकाबाट ४ जना नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।

त्यस्तै बेलारुसबाट पनि १ जना नेपालीमाथि नोटिस जारी भएको छ । विदेशमा प्रायजसो नेपालीमाथि हत्या, लुटपाट र ठगीको अभियोग लागेको छ । भारतबाट भने केही नेपाली महिलालाई पनि रेड कर्नर नोटिसमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्: