लिगमा आज दुई खेल

विर्तामोड । राष्ट्रिय लिग फुटबलमा आज दुई वटा खेल हुने भएका छन् । होम एण्ड अवे प्रणालीमा भइरहेको लिगमा आज जगदम्वा लुम्विनी र कैलाली फुटवल क्लवका होममा खेल हुन लागेको हो । होम मैदान बुटवलमा लुम्विनीले झापा ११ को सामना गर्ने छ ।

उता कैलालीले भने आज धनगढी रंगशालामा मोरङको सामना गर्ने छ ।
नेपाल प्रहरीको होम मैदान दशरथ रंगशालामा ३ गोलले प्रहरीलाई हराउँदै उच्च मनोवलका साथ झापा ११ बुटवल पुगेको छ ।

उसले आज लुम्विनीसँग खेलेपछि आजै बेलुकी धनगढीमा खेल्नका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको झापा ११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिएका छन । चैत २६ गते कैलालीको होममा झापा ११ भिड्ने छ ।
आज लुम्विनी र २६ गते कैलालीसँग उनीहरुको होममा खेलेपछि झापा आफ्नो होममा खेल्नका लागि आउने छ । झापाको पहिलो होमम्याच चैत ३० गते विर्तामोडको डोमालाल रंगशालामा हुनेछ । त्यसपछि लगातार आगामी बैशाख २९ गतेसम्म झापाले होमम्याच खेल्ने टाइसिट रहेको अध्यक्ष गुरुङले जानकारी दिएका छन । झापाको अन्तिम होमम्याच मेची रंगशालामा नेपाल प्रहरीसँग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: