सहारा नेपालको अग्निपिडितलाई सहयोग

विर्तामोड । ताप्लेजुङ्गमा भएको आगलागिमा परि घरबार बिहिन भएका अग्निपिडितलाई झापाको सहारा नेपाल चारपानेले सहयोग गरेको छ । दैवी प्रकोप उद्घार समिति झापा मार्फत सहारा नेपालले २ लाख ५० हजार बराबर मूल्यको खाद्यान्न प्रदान गरेको सहारा नेपालका बिभागीय प्रमुख दिनेशबहादुर निरौलाले जानकारी दिए ।

सहारा नेपालका कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, उपाध्यक्ष हरिप्रसाद निरौलाले खाद्यान्न हस्तान्तरण गरेका हुन । सहारा नेपालले आफै खरिद गरेर ६१ बोरा चामल प्रदान गरेको निरौलाले बताए ।

त्यैगरी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपानेले संस्थागत, सामाजिक, उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपाल रेडक्रस सोसाइटी रक्त संचालन केन्द्र बिर्तामोडलाई एउटा जेनेरेटर प्रदान गरेको छ ।

साकोस चारपानेले ५ लाख २५ हजार बराबर रकमको जेनेरेटर रेडक्रसका झापा अध्यक्ष लोकराज ढकाललाई हस्तान्तरण गरेको हुन् । सो कार्यक्रममा गोपालकुमार बस्नेत, सजेश शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: