सोनाक्षीले पिता शत्रुघ्न सिन्हालाई हिड्न सिकाइन्

एजेन्सी । अहिलेसम्म तपाईहरुले सुन्नु भएको थियो होला बाबु–आमाले छोराछोरीलाई हिड्न सिकाउछन् । तर, हालै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्ना पिता शत्रुघ्न सिन्हालाई हिड्न सिकाइन् । यसको एउटा फोटो पनि सोनाक्षीले सामाजिक संजालमा शेयर गरेकी छिन् ।
मौका थियो शबाना आजमीद्वारा आयोजित एक कार्यक्रममा सोनाक्षीले अफ्ना पिता शत्रुघ्न सिन्हाको साथमा रेपमा वाक गर्नु थियो । सोनाक्षी त रेपमा धेरै पटक वाक गरी सकेकी थिइन् । तर, शत्रुघ्न सिन्हाको लागि यो पहिलो पटक थियो । रेपमा वाक गर्दा जब पिताको खुट्टा चिप्लन खोज्थ्यो सोनाक्षीले उनको हात समाउथिन् ।

यहि मौकामा सोनाक्षीले भनिन् ‘एउटा समय थियो बाबाले मलाई समातेर हिड्न सिकाउनु हुन्थ्यो, तर आज म उहाँलाई हिड्न सिकाउदै छु , धेरै खुशी छु ।’
सोनाक्षी र शत्रुघ्नसहित अभिनेता तथा अभिनेत्री शबाना आजमीको वाषिक च्यारीटी फैशन शो मा अमिताभ बच्चन अफ्ना सबै परिवारका साथ, सोनम कपूर अफ्ना पिता अनिल कपूरको साथ र फरहान अख्तर अफ्ना पिता जावेद अख्तरको साथ रेप वाक गर्दै थिए ।

प्रतिक्रिया दिनुहोस्: