झापा ११ को दोश्रो जित

बिर्तामोड । पहिलोपटक ए डिभिजन लिग खेलेको झापा ११ ले दोश्रो सफलता हात पारेको छ ।

जारी राष्ट्रिय लिग अन्र्तगत आफुले खेलेको खेलमा झापा ११ ले दुई खेलमा जित हासिल गर्दै ६ अंक जोडन सफल भएको छ । झापाले खेलेको ३ मध्ये एकमा हार व्यहोरेको छ ।
होम एण्ड अबे अवधारणा अन्तर्गत सञ्चालित प्रतियोगिता अन्र्तगत बुटवलको होम ग्राउण्डमा भएको खेलमा झापा ११ ले जगदम्बा लुम्बिनीलाई ३–१ ले हरायो । खेलमा झापा ११ का र्कण लिम्बुले ह्याट्रिक गरेका छन् ।
जगदम्बाका तर्फबाट पेनेल्टीमा एक गोल लागेको थियो । यस अघि झापा ११ ले नेपाल पुलिसलाई ३–१ गोल अन्तरले हाएको थियो भने नेपाल आर्मी संग १–० ले पराजित भएको थियो । अब झापा ११ ले चैत्र २६ गते सुदुरपश्चिमको धनगढीसंग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्: