परिवार नियोजनमा २५ जना

बिर्तामोड । परिवार नियोजन संघ झापाको तीन बर्षे कार्यकालको लागि हुने निर्वाचनमा मंगलबार मनोनयन सम्पन्न भएको छ । संघको अध्यक्ष पदमा दुईजनाले उम्मेदवारी दर्ता गरेका छन् ।
संघको चैत २८ गते शनिवार हुने निर्वाचनमा संघका वर्तमान सभापति दिपेन्द्र ढकाल र सचिव तोया गड्तौला दुबैले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

संघको खुल्ला ५ सदस्य पदका लागि खुल्ला सदस्यहरुमा लोकनाथ भट्टराई, सैलेश ढुङ्गाना, कमलदेव कट्टेल, तेजप्रसाद चौलागाई, केदार गिरीले सदस्य पदमा उमेद्वारी दिएका छन् । त्यसैगरी खुल्ला सदस्यहरुमा अम्मरबहादुर कार्की, पदमप्रसाद पोखरेल, श्रीराम मरासिनी, कृष्ण थापा, मोहन प्रसाद ओली र रुपनारायण विमलीको उम्मेदवारी परेको छ ।
त्यस्तै महिला सदस्यहरुमा प्रेम कुमारी भट्टराई, सविना बजगाई, चन्द्रादेवी सेडाई, पार्वती ओझा, उमा श्रेष्ठ, शुशिला बस्नेत, गंगादेवी दुलाल र राधा कार्कीले उम्मेदवारी दिएका छन् । त्यसैगरी महिला युवा २ र युवा खुल्ला १ सदस्य पदका लागि समीक्षा बस्नेत, विनिशा राउत र युग भण्डारी निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: