परेश रावल बन्नेछन् प्रधानमन्त्री नरेन्द्र मोदी

एजेन्सी । नरेन्द्र मोदीले जीवनमा धेरै संघर्ष गरेपछि मात्र प्रधानमन्त्री भए । प्रधानमन्त्री मोदीको यही संघर्ष अब एउटा फिल्ममा हेर्न पाइने भएको छ । बलीउडमा प्रधानमन्त्रीको जीवनमा आधारित एउटा फिल्म बन्ने भएको छ, जसमा मोदीको किरदारमा परेश रावलले भुमिका निभाउने भएका छन् ।
परेश रावल यो समय ं प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्मको शूटिङ्गलाई लिएर धेरै उत्साहित भइरहेका छन् । परेश रावलले भनेका छन् ‘ नरेन्द्र मोदीको किरदारको भुमिका निर्वाह गर्न एउटा कलाकारको ठूलो जिम्मेवारी हो, त्यस भुमिकालाई राम्रोसँग निर्वाह गर्ने कोशिस गर्छु ।
तर अहिले सम्म त्यो फिल्मको नाम के हुन्छ तय भएको छैन । तर, भनिदै आएको छ यो फिल्मको शुटिङ्ग यस बर्षको अगस्टदेखि शुरू हुन सक्नेछ । । बताइएको छ फिल्मको निर्माण परेश रावल आफै गर्दैछन् । उनी यसअघि पनि फिल्म ‘ओह माई गड’ को निर्माता बनिसकेका थिए । जसमा उनीे मुख्य भुमिकामा समेत देखिएका थिए ।
रावल भने‘ म अगस्टदेखि प्रधानमन्त्री मोदीको जीवनमा आधारित फिल्मको शूटिङ्ग शुरू गर्छु ।, यस्तो ठूलो नेताको भुमिका निभाउनु एउटा अभिनेताको ठूलो जिम्मेदारी पनि हो ।’ यो समय अहमदाबादमा सांसद परेश रावलें फिल्म ‘धर्म संकट में’ को प्रचारप्रसारमा ब्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्: