मुलुकमा ठूलो विष्फोट हुने यादवको चेतावनी

विराटनगर । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तापक्ष अझै पनि सहमति गर्न अग्रसर नभए मुलुकमा विद्रोह भई ठूलो विष्फोट हुने चेतावनी दिएका छन् । विराटनगरमा मंलवार स्थानीय पत्रकारहरुसँग कुरा गर्दै अधयक्ष यादवले सो कुरा बताएका हुन् ।
सत्तापक्षको हठका कारण मुलुक राजनितिक मुठभेडतर्फ उन्मुख भएकाले वहुमतको दम्भ त्यागेर सहमतीका लागी लचिलो हुन कांग्रेस र एमालेलाई आग्रह समेत गरेका छन् । विगतमा भएको आन्दोलनले स्थापित एजेण्डालाई उल्टाउन खोजेकाले ३० दलीय गठबन्धन आन्दोलनमा उत्रिएको उनले बताएका छन् ।

उनले अहिलेको आन्दोलन शान्तिपुर्ण मात्र भएको बताउदै सत्तापक्ष गम्भिर नभए कडा आन्दोलन हुने र कसैले पनि सम्हालन नसक्ने बताए । बहुमतको दम्भले सत्तापक्षले विगतका भएका सम्पूर्ण सम्झौताहरुलाई उल्टाएर मुुलुकलाई फेरि परिवर्तन हुन नदिन लागेको बताउँदै उनले विगतको सम्झौता कार्यान्वयन गर्ने विश्वासिलो आधार बनाउने प्रतिबद्धता नआएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।

विगतमा भएको सम्झौता कार्यान्वन गरेर सहमतिमा संविधान जारी गर्ने ग्यारेन्टी भए आफूहरु वार्तामा बस्न तयार रहेको बताउँदै अध्यक्ष यादवले भने, आन्दोलन समावेशिता र संघियतासहित विभेदको अन्त्यका लागि भएको थियो । उनले मधेश आन्दोलन तथा अन्तरिम संविधानको मर्म र भावना अनुसार विगतको सम्झौताको अधारमा संविधान बनाउन सहमती भए आफूहरु वार्ता र छलफलका लागी हरदम तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: