रेखाले गरिन् प्रियंकाको प्रशंसा

नेपाली चलचित्रकी अभिनेत्री रेखा थापालाई सम्बन्ध सपार्न र विगार्न खासै समय लाग्दैन । उनको सम्बन्ध कोसँग कतिबेला बन्छ र कोसँग कतिबेला बिग्रन्छ भन्ने मेसो कमैले मात्र पाउँछन् ।
फिल्म ’नाई नभन्नु ल ३’को प्रिमियरमा सहभागी भएकी रेखाले फिल्मकी मुख्य अभिनेत्री प्रियंका कार्कीको खुबै तारिफ गरेकी छिन् । फेसबुकमा प्रिङ्कु भन्दै रेखाले उनको कामको खुबै प्रशंसा गरिन् । यसले रेखा र प्रियंका निकट भएको पनि देखाउँछ ।
रोचक त के पनि देखियो भने लामो समयदेखि बोलचाल भन्दा पनि बाहिर रहेका संचारकर्मी प्रकाश सुवेदीसँग पनि रेखा खुबै नजिक देखिइन् । रेखा र प्रकाशको निकटता हेर्दा लाग्थ्यो उनीहरु कहिले टाढा भएकै थिएनन् । तर, रेखा र प्रकाशको बोलचाल नभएको लामै समय भैसकेको थियो ।
रेखाले फिल्म ’नाई नभन्नु ल ३’ हेरेपछि यसका निर्देशक मुष्कान ढकाललाई निर्देशक बनाउने घोषणा समेत गरिदिइन् । उनको काम मन परेकाले आफ्नो नयाँ प्रोजेक्टमा निर्देशक बनाउने उनको भनाई थियो । सम्बन्ध बनाउन र बिगार्न सिपालु रेखाले मुष्कानलाई आवेगमा आएर निर्देशक बनाउने घोषणा गरिन् या के गरिन् भोली नै थाहा होला ।
तर, फिल्म हेर्न आएपनि रेखा र फिल्मका मुख्य अभिनेता आर्यन सिग्देलको भने बोलचाल भएन । उनीहरु आमुन्ने सामुन्ने भएपनि बोलेनन् । नेपाली रजतपटकी सफल यि नायीकाको सम्बन्ध कोसँग बन्छ र कोसँग भत्कन्छ भन्नै गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस्: