३ बुदे सहमति पछि ३० दलको झापा बन्द फिर्ता

 भद्रपुर । एमाओवादी सहित ३० दलिय मोर्चाले आफ्ना कार्यकताहरुको रिहाईको माग गर्दै आयोजना गरेको आजको झापा वन्दको कार्यक्रम फिर्ता लिएको छ । बन्दकर्ता र प्रसासन बिच ३ बुदे सहमति भए पछि बन्द फिर्ता भएको हो ।

भद्रपुरमा भएको बार्तामा आज विहान पक्राउ परेका एमाओवादी सहितका ३० दलिय गठवन्दनका सवै कार्यकर्ताहरुलाई रिहाई गर्नै, आम अड्तालका सन्दर्भमा झापाका विभिन्न स्थानमा वन्द कर्ताहरु द्वारा भएका घटनाहरुलाई आन्दोलनरत पक्षले आत्मा समिक्षा सहित अवका दिनमा वन्द हड्ताल लगायतका कार्यक्रमलाई शान्ति पूर्ण बनाउने, सरकारी तथा सर्वसाधारण जनताका भौतिक सम्पत्तिमा पुग्न गएको क्षति प्रति समेत आत्मा समिक्षा गर्नै, अवका दिनमा त्यस्ता घटना दोहरिन नदिने सहमति भएको छ ।

वार्तामा प्रशासनका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक पुष्करराज रेग्मी, सहायक प्र.जि.अ. द्वय कमलबहादुर थापा, रोहितराज पोखरेल, प्रहरी उपरीक्षक रविन्द्रनाथ रेग्मी, शसस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कृष्ण खनालको उपस्थिती रहेको थियो भने आन्दोलनरत ३० दलिय मोर्चाको तर्फबाट एनेकपा माओवादीका राजु आचार्य (अग्नी), ज्योतिसिंह दर्लामी, सिपी कडरिया, कोचिला संघर्ष समितिका त्रिनारायण राजवंशी, सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेश, संघिय लिम्वुवान पार्टीका अध्यक्ष धनबहादुर पन्दाक, राष्ट्रिय जनमुक्ति पार्टीका पर्शुराम मगर, संघिय समाजवादी पार्टीका समरकुमार राई लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: