चार एसपीको एसएसपीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका चार जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ ।
बढुवा हुनेमा डा. बिश्वनाथ श्रेष्ठ, डा. महेशमान प्रधान, डा. रामकृष्ण राजभण्डारी र डा. बिजयराम श्रेष्ठ रहेका छन् ।

स्वास्थ्य उपसेवामा रिक्त रहेका एसएसपी पदमा बढुवाको सिफारिस गरिएको हो । एसएसपीमा बढुवा सिफारिसमा चित्त नबुझे दुई हप्ता भित्र उजुरी गर्न समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्: