झापाका दुई रंगशालामा लिगको तयारी

विर्तामोड । रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्र्तगत होम एण्ड अवे झापाको २ वटा रंगशालामा हुने भएको छ । चैत ३० गते देखि सुरु हुने उतm प्रतियोगिताको तयारी पुरा भएको हो जिल्ला फुटवल संघ झापाले जनाएको छ ।

सो प्रतियोगिता विर्तामोडको डोमालाल र चन्द्रगढीको मेची रंगशालामा हुने संघ झापाका अध्यक्ष जलकुमार गुरुङले बताए । डोमालाल रंगशालामा बिहिवार आयोजित पत्रकार सम्मेलनमा रंगशालाको निर्माण कार्य पुरा भइसकेको जानकारी दिए ।

क्लब स्थापनाको पहिलो वर्ष पुरा नहुँदै सात वटा खेलमा सहभागी भएको झापा ११ ले चार उपाधि जितेर ६ अंक प्राप्त गरेकोे सम्मेलनमा जानकारी गराईएको थियो । डोमालाल रंगशाला निर्माणका लागि १० लाखबढि खर्च भइसकेको छ ।

खेलमा दैनिक १० देखि १५ हजार दर्शकले अटाउन सक्ने प्याराफिट तयार गरिएको जनाईएको छ । निर्मित रंगशालाको उद्घाटन ने.क.पा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले गर्ने भएका छन् । झापा ११ ले ३० गते थ्री–स्टारसँग भिड्ने छ । झापामा राष्ट्रिय लिगको तयारी भइरहँदा खेल प्रेमिले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: